IME Life New

सरकारद्धारा नेपाल पुनर्बीमा कम्पनी सहित उत्कृष्ट १५ करदाता सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा बीमा क्षेत्रबाट सबैभन्दा धेरै कर तिर्ने नेपाल पुनर्बीमा कम्पनीलाई सम्मान गरेको छ । बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स भुक्तानी गरेको नेपाल पुनर्बीमा कम्पनीलाई आज विशेष समारोहका विच आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राजस्व सचिव रामशरण पुडासैनीले शंकर कुमार रायमाझीलाई सम्मान गरका हुन् । आन्तरिक राजस्व विभागले नवौं राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी कर भुक्तानी गर्ने १५ विधाका करदातालाई सम्मान गरेको हो।

Esewa
Crest

आन्तरिक राजस्व विभागका अनुसार सबैभन्दा धेरै कर भुक्तानी गर्ने कम्पनीको सूचिमा सूर्य नेपाल परेको छ भने बैंकहरुको तर्फबाट नबिल बैंक पहिलो नम्बरमा रहेको छ । त्यसैगरी, निर्यात गर्ने उद्योग मध्येमा डाबर नेपाल, कृषि कम्पनीहरुको तर्फबाट अन्नपूर्ण एग्रो इन्डस्ट्रिज तथा लघुवित्त कम्पनीहरुको तर्फबाट छिमेक लघुवित्त वित्तीय संस्था रहेका छन् । विभागले बिहीबार सबैलाई सम्मान गरेको  ।

त्यस्तै, गत वर्षको सबैभन्दा बढि कर तिर्नेहरुमा व्यक्तिगत तर्फबाट बिजय कुमार शाह परेका छन् । उनि जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष तथा मदिरा उद्यमी हुन् । रुस्लान भोड्का लगायतका दर्जनौं चर्चित ब्राण्डका मदिराहरु नेपाल तथा विदेशमा समेत बिक्री हुने गर्दछ।

आन्तरिक राजश्व विभागले सबैभन्दा धेरै कर भुक्तानी गर्ने आईएमई, कामना सेवा विकास बैंक, अग्नि इन्कर्पोरेट, भिएफ सर्भिस (मौरिसस) र घोराही सिमेन्टलाई समेत सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS