IME Life New

नेपाल इन्स्योरेन्स कम्पनीको साधारण सभा चैत २७ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७२औं वार्षिक साधारण सभा चैत २७ गते गर्ने भएको छ । कम्पनीको चैत ५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा एयरपोर्ट होटेल, सिनामङ्गल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

Esewa
Crest

त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा २०७६/७७ को वार्षिक प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७ /७८ को लेखापरिक्षण गर्नका लागि लेखा परिक्षण समितिको सिफारिस बमोजिम लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने एजेण्डा छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि चैत १७ गतेदेखि चैत २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS