काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको संचालकमा राजेन्द्र मान शेरचनलाई नियुक्त गरेको छ । कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यस अघि रिक्त रहेको संचालक पदमा बाँकी अवधिको लागि शेयरचनलाई नियुक्त गरेको कम्पनीले जनाएको छ।