IME Life New

कोरोना बीमा पुलमा बीमा समितिले हाल्यो एक अर्ब रुपैयाँ, पुलमा जम्मा भयो साढे तीन अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समितिले कोरोना बीमा दाबी भुक्तानीका लागि आफ्नो दायित्व अन्तर्गतको एक अर्ब रुपैयाँ पुलमा हालेको छ। समितिले आफ्नो दायित्व अन्तर्गतको एक अर्ब रुपैयाँ कोरोना बीमा पुलमा आजै भुक्तानी गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।

गत मंगलबार नेपाल पुनर्बीमा कम्पनीले पनि आफ्नो दायित्व अन्तर्गतको एक अर्ब रुपैयाँ भुक्तानी गरेको थियो। कम्पनीले गत मंगलबार एक अर्ब मध्ये बाँकी रहेको १० करोड रुपैयाँ भुक्तानी गरेर टुङ्गाएको थियो।

Esewa
Crest

कोरोना बीमा मापदण्ड अनुसार एक अर्ब रुपैयाँसम्म बीमा कम्पनीले बेहोर्नु पर्ने व्यवस्था छ। त्यस्तै एक अर्ब भन्दा माथि २ अर्ब रुपैयाँ नेपाल पुनर्बीमा कम्पनी, २ अर्ब भन्दा माथि साढे २ अर्ब रुपैयाँसम्म बीमा कम्पनीको महाविपत्ति पुलमार्फत, साढे २ अर्ब रुपैयाँदेखि साढे तीन अर्ब रुपैयाँसम्म बीमा समितिले ब्यहोर्ने व्यवस्था छ। यहि व्यवस्था अनुसार कोरोना बीमा पुलमा सम्पुर्ण पक्षले आफ्नो दायित्व पुरा गरेका हुन्।

यसै मापदण्डमा साढे तीन अर्ब भन्दा माथिको दाबी भने नेपाल सरकारले ब्यहोर्नु पर्ने व्यवस्था छ। बीमा समितिले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कोरोना बीमा दाबी भुक्तानीका लागि ३६ हजार ५ सय भन्दा धेरैले स्वीकृति पाएका छन्। तर कोरोना बीमा पुलमा पैसा नहुँदा उनिहरुले पैसा पाउन सकिरहेका थिएनन्। पुलमा साढे तीन अर्ब रुपैयाँ जम्मा भएकाले धेरैले दाबी पाउने पौडेलले जानकारी दिए। साढे तीन अर्ब भन्दा माथिको दाबीको हकमा अर्थमन्त्रालय सँग समन्वय गरेर अगाडि बढ्ने उनले बताए।

बीमा समितिका अनुसार ६६ हजार २६२ जनाको कागजपत्र चेकजाच परिक्षण भैसकेको छ। कागजपत्र चेकजाच परिक्षण पुरा भए पनि ३८ हजार ८०२ जनालाई मात्रै दाबी भुक्तानीका लागि सिफारिस गरिएको छ। उनिहरुले तीन अर्ब ७६ करोड रुपैयाँ प्राप्त गर्छन्। अझै ८ हजार ६४३ जनाको कागजपत्र चेकजाच नै  हुन बाँकी छ।

बीमा पुल मार्फत १८ हजार ८८६ जनाको कोरोना रिपोर्ट चेक जाँचका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पढाइएकोमा ९ हजार ६७१ वटाको मात्रै चेक जाँच गरेर आएको छ। तीन हजार ४३६ जनाको फाइल पुरा नभएकाले बीमा कम्पनीहरुमै फिर्ता पठाइएको छ। दाबी भुक्तानीका लागि निवेदन दिने मध्ये ४३० जनाले दाबी नपाउने भएका छन्।

कोरोना बीमाको दाबी भुक्तानी कागजमा मात्रै

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS