IME Life New

कोरोना बीमाको दाबी भुक्तानी कागजमा मात्रै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समितिले सार्वजनिक गरेको कोरोना बीमाको दाबी भुक्तानीको विवरण अनुसार बीमितले भने अझै पैसा पाएका छैनन्। बीमा समितिले माघ २७ गतेसम्म दाबी भुक्तानी गरिएको विवरण सार्वजनिक गरे पनि पुलमा पैसा नहुँदा बीमितले पैसा नपाएका हुन्।

कोरोना बीमाको पुलमा नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति, बीमकको महाविपत्तीको पैसा अझै प्रयोग भएको छ। बीमा  पोलिसीबाट आर्जन भएको प्रिमियम बापतको एक अर्ब हाराहारी र पुनर्बीमा कम्पनीले विभिन्न किस्तामा भुक्तानी गरेको केहि रकम दाबीको रुपमा गएको छ। नेपाल पुनर्बीमा कम्पनीले यस अगाडि ९० करोड रुपैयाँ पुलमा राखेको थियो। बाँकी १० करोड रुपैयाँ पनि आज पुलमा राखिएको कम्पनीले जानकारी दिएको छ।

Esewa
Crest

नेपाल पुनर्बीमा कम्पनीको दायित्व पुरा भए सँगै अव बीमा कम्पनीहरुको महाविपत्ति पुल मार्फत ५० करोड रुपैयाँ भुक्तानी गर्नु पर्छ। कोरोना बीमा मापदण्ड अनुसार एक अर्ब रुपैयाँसम्म बीमा कम्पनीहरुले भुक्तानी गर्नु पर्छ। यसमा कोरोना बीमाको प्रिमियम बापतको रकमले धानिसकेको छ। एक अर्ब भन्दा माथि २ अर्ब रुपैयाँसम्म नेपाल पुनर्बीमा कम्पनीले बेहोर्नु पर्ने मापदण्ड रहेको छ।

२ अर्ब भन्दा माथि साढे दुई अर्ब रुपैयाँसम्म बीमकको महाबिपत्ति पुल मार्फत भुक्तानी गर्नु पर्ने हुन्छ। साढे दुई अर्ब भन्दा माथि साढे तीन अर्ब रुपैयाँ बीमा समितिले बेहोर्नु पर्ने हुन्छ। साढे तीन अर्ब रुपैयाँ भन्दा माथिको हकमा भने नेपाल सरकारले बेहोर्नु पर्ने हुन्छ। बीमा समितिले सार्वजनिक गरेको दाबी भुक्तानीको विवरण अनुसार नेपाल सरकारको दायित्वमा पुगिसकेको छ। तर अन्य पक्षले आफ्नो दायित्व नव्यहोर्दा दाबी अड्किएर बसेको छ।

कोरोना बीमाको दाबी भुक्तानी महालेखा परिक्षकबाट परिक्षण हुने भएकाले कम्पनीले संकलन गरेको बीमा शुल्क आर्जनको केहि हिस्सा नेपाल पुनर्बीमा कम्पनीले पनि प्राप्त गर्छ।

बीमा समितिका अनुसार ६६ हजार २६२ जनाको कागजपत्र चेकजाच परिक्षण भैसकेको छ। कागजपत्र चेकजाच परिक्षण पुरा भए पनि ३८ हजार ८०२ जनालाई मात्रै दाबी भुक्तानीका लागि सिफारिस गरिएको छ। उनिहरुले तीन अर्ब ७६ करोड रुपैयाँ प्राप्त गर्छन्। अझै ८ हजार ६४३ जनाको कागजपत्र चेकजाच नै  हुन बाँकी छ।

बीमा पुल मार्फत १८ हजार ८८६ जनाको कोरोना रिपोर्ट चेक जाँचका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पढाइएकोमा ९ हजार ६७१ वटाको मात्रै चेक जाँच गरेर आएको छ। तीन हजार ४३६ जनाको फाइल पुरा नभएकाले बीमा कम्पनीहरुमै फिर्ता पठाइएको छ। दाबी भुक्तानीका लागि निवेदन दिने मध्ये ४३० जनाले दाबी नपाउने भएका छन्।

कोरोना बीमा गर्नेको संख्या घट्यो

कोरोना बीमाको भ्याक्सिन नेपालमा आए सँगै कोरोना बीमा गर्नेको संख्या पनि घट्न थालेको हो। पछिल्लो समय यो बीमा गराउनेको संख्या घटिरहेको बीमक संघका महासचिव चंकी क्षेत्रीले जानकारी दिए। भदौ २८ गतेभन्दा अगाडि कोरोना बीमा गर्नेले एक लाख रुपैयाँकै दाबी भुक्तानी पाउने व्यवस्था थियो। यसले गर्दा कोरोना बीमामा सर्वसाधारणको अत्याधिक आकर्षण थियो। भदौ २८ गते कोरोना बीमा मापदण्ड संसोधन पछि बीमितले कोरोना संक्रमण पुष्ठी भए पछि २५ हजार रुपैयाँ नगद र ७५ हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार खर्च पाउने व्यवस्था छ। कोरोना बीमा पोलिसी स्वास्थ्य बीमा पोलिसीको रुपमा परिवर्तन भए पछि सर्वसाधारणको आकर्षण कम भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS