काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको विज्ञ सञ्चालकमा डा. विनोद आत्रेय नियुक्त भएका छन् । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको २१३ औँ बैठकले कम्पनीको विज्ञ सञ्चालक पदमा आत्रेयलाई नियुक्त गरिएको कम्पनीले एक सुचना प्रकाशित गर्दै जनाएको छ ।


















