IME Life New

ग्रिन लाइफ हाइड्रोपावरको आइपिओमा आजदेखि आवेदन दिन सकिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता प्राथमिक शेयर निष्काशन गरेको हो। स्थानीय प्रभावित बासिन्दाले खरिद नगरेको १६ लाख ९६ हजार ४०० कित्ता सहित ३४ लाख ५१ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो।

कम्पनीले ३२ लाख ५१ हजार कित्ता मध्ये ६९ हजार ९२८ कित्ता कर्मचारीलाई र एक लाख ७४ हजार ८२० कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरेको छ। साधारण शेयरको सार्वजनिक निष्काशनका लागि केयर रेटिङ नेपालले “केयर­एनपि बिं (आइएस)” प्रदान गरेको छ।

Crest

ग्रीनलाईफ हाईड्रोपावर कम्पनी प्रचलित कानून बमोजिम २०६६ साल आश्विन ०४ गते नेपाल सरकार उद्योग मन्त्रालय तथा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो। कम्पनीले विद्युत उत्पादन गर्ने अनुमति २०६८ बैशाख २८ गते प्राप्त गरेको र सो अनुमतिपत्रको बाहाल अवधि २०६८ बैशाख २८ गते देखि २१०३ बैशाख २७ गते सम्म रहेकोले अझै २६ वर्ष बाँकी रहेको छ।

कम्पनीले निर्माण सम्पन्न गरी संचालनमा ल्याएको खानीखोला १ जलविद्युत आयोजनाको लागत प्रति मेगावाट करिब १९ करोड १३ लाख ४७ हजार रुपैयाँ रहेको छ । आयोजनाको कुल लागत ७ अर्व ६५ करोड ३८ लाख रुपैयाँ अनुमान गरिएको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अबधि ८.१० बर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अबधि १७.८९ बर्ष रहेको छ।

कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका (तत्कालीन खारे तथा मार्बु गा.वि.स.) मा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई आयोजना निर्माण गरी ४० मेगावाट क्षमताको जलविद्युत आयोजनाबाट विजुली उत्पादन गरी उद्देश्य अनुरुप २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिद विक्री सम्झौता भएको छ।

४०,००० किलोवाट क्षमताको जलविद्युत आयोजना मध्ये २५,००० किलोवाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५,००० किलोवाट क्षमताको विद्युत आयोजनाको आगामी १ बर्ष भित्रमा उत्पादन प्रारम्भ हुने छ । त्यस्तै प्रशारण लाइसनको कार्य ७० प्रतिशत सम्पन्न भइसकेको छ ।उत्पादित सम्पुर्ण विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता भएको हुँदा वजारको लागि अन्य समान उद्योगहरु बिच प्रतिस्पर्धा हुने छैन । साथै उपरोक्त सम्भावित जोखिमहरुलाई न्यूनिकरण गर्न उपकरणहरुको ह्रास  खर्चको व्यवस्था, आयोजनाको संरचना, मेसिन, औजार, तथा उपकरणहरुको जोखिमलाई न्यूनिकरण गर्न विमाको व्यवस्था तथा दैवी प्रकोपवाट हुन सक्ने सम्भावित जोखिमका कारण उत्पादन हुन नसकेको  विद्युतको पनि विमा गर्ने कम्पनीले जनाएको छ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब चवालीस करोड रुपैयाँ रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन पश्चात कम्पनीको चुक्ता पूँज एक अर्ब पैंतालिस करोड रुपैयाँ हुनेछ। कम्पनीको प्रक्षेपित प्रति शेयर आम्दानी आर्थिक वर्ष २०७७।०७८ मा ऋणात्मक देखिए पनि २०७८।०७९ मा ७.१६ रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS