IME Life New

प्रस्तावित बीमा विद्येयकमा गरिएको व्यवस्था प्रति बीमा व्यवसायीको आपत्ति, सबै बीमा नेपाली कम्पनीमा नै गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


अर्थमन्त्रालयले ससंदमा प्रस्ताव गरेको बीमा विद्येयक २०७५ मा नेपाली बीमा कम्पनीले स्वीकार नगर्ने बीमा विदेशी कम्पनीमा गर्न सकिने भनी गरिएको व्यवस्था खारेज गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको अर्थसमितिमा प्रस्तावित बीमा विद्येयकमा भएको छलफलमा निर्जीवन बीमा व्यवसाय संघले यस्तो माग गरेको हो ।

नेपाली बीमा कम्पनीहरुले सबै खालको बीमा स्वीकार तथा व्यवस्थापन गरिरहेको सन्दर्भमा प्रस्तुत प्रतिबन्धात्मक व्यवस्था राख्दा नोपलको बीमा व्यवसाय विदेश जाने भएकोले विद्येयकको दफा २४ मा भएको उक्त बुदा नै खारेज गर्न माग गरेका छन् ।

Esewa
Crest

प्रत्येक बर्ष कम्पनी नविरकण व्यवस्था खारेज गर्नुपर्ने
त्यस्तै, विद्येयकको दफा ३३ मा बीमकले प्रत्येक बर्षको चैत्र महिनामा इजाजतपत्र नविरकण गर्नुपर्ने व्यवस्था गरेको छ । संघ उक्त बुदा पनि हटाउँन माग गरेको छ । प्राधिकरणले बीमा कम्पनीलाई नियमति रुपमा नियमन तथा अनुगमन गरिरहने भएकोले प्रत्येक बर्ष इजाजतपत्र नविकरण गरिरहने व्यवस्था व्यवहारिक नहुनुको साथै यस्तो प्रकृतिको व्यवसाय गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको इजाजत नविरकणको व्यवस्था नभएको उनीहरुको तर्क छ ।

खुद धारणा पछि मात्रै पुर्नबीमा
निर्जीवन बीमा व्यवसाय संघले बीमा कम्पनीले खुद धारणा गर्न सक्ने हिस्सा पछि मात्रै नेपाल पुर्नबीमा कम्पनीमा पुर्नबीमा गर्नुपर्ने व्यवस्था गर्न माग गरका छन् । विद्येयकको दफा ८३ मा स्वदेशमा कार्यरत बीमकले देशभित्र स्थापित पुर्नबीमकसँग प्राधिकरणले तोकेको प्रतिशतभन्दा कम नहुने गरी अनिवार्य रुपमा पुर्नबीमा गराउँनु पर्ने भन्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS