काठमाडौं । भियतनाम सरकारले बुआलोई आँधीले यो हप्ता अनुमानित ८ ट्रिलियन डोङ (३०३ मिलियन डलर) को सम्पत्ति क्षति पुर्याएको बताएको छ।
बुधबार गरिएको प्रारम्भिक मूल्याङ्कनमा बाढीका कारण लगभग १,७०,००० घरहरू क्षतिग्रस्त वा डुबानमा परेको भियतनाम न्युजले जनाएकोछ।
बुआलोई सोमबार उत्तरी मध्य भियतनाममा जमिनमा पसेको थियो।विपद् व्यवस्थापन एजेन्सीको रिपोर्ट अनुसार, ठूलो समुद्री छाल, तीब्र हावा र भारी वर्षा भएको थियो जसमा कम्तिमा २९ जनाको मृत्यु भएको छ र २२ जना बेपत्ता भएका छन्।
आँधीले सडक, विद्यालय र कार्यालयहरूलाई गम्भीर क्षति पुर्याएको छ । विद्युत ग्रिडमा विफलता आएको छ । दशौं हजार परिवार बिजुलीविहीन भएका छन् । करिब ३४,००० हेक्टर धान र अन्य बाली नष्ट भएको छ।
प्रतिवेदनमा औद्योगिक सम्पत्तिमा कुनै ठूलो क्षतिको उल्लेख गरिएको छैन।

















