IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकको २१औँ वार्षिक साधारण सभा सम्पन्न 

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । २०८२ साल पुस ७ गते सोमबार, काठमाडौँमा सम्पन्न भएको साधारण सभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७  सयको ५.३५८३ प्रतिशत बराबरको नगद लाभांश (करसहित) तथा पाँच प्रतिशत बराबरको बोनस शेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
प्रस्ताव पारित भएसँगै यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,७३,४०,६८,५०५.५३ पुग्ने भएको छ । साधारण सभाले आ.व.०८१÷८२ को वित्तीय विवरण सहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS