काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको सामान्य घटेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको भाउ तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुन तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी १ हजार ९१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा चाँदी १ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो।