IME Life New

नेप्सेको सीईओमा १० जनाको आवेदन, को–को छन् आकांक्षी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा १० जनाको आवेदन परेको छ।

अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले गत फागुन १२ गते सूचना प्रकाशित गरी फागुन १८ गतेसम्म नेप्सेको सीईओमा आवेदन खुला गरेको थियो। त्यसपछि तोकिएको अवधिभित्र ३ दिन सार्वजनिक बिदा परेको भन्दै समितिले ७ दिन म्याद थप गर्दै आज फागुन २५ गतेसम्म आवेदन खुला गरेको थियो।

Esewa
Crest

समितिका अनुसार आज अन्तिम दिनसम्म पूर्णप्रसाद आचार्य (झापा), बद्रीप्रसाद प्याकुरेल (नुवाकोट), नारदकुमार लुइँटेल (सर्लाही), युवराज दाहाल (झापा), प्रवीण अधिकारी (काभ्रेपलाञ्चोक), चूडामणि चापागाइँ (झापा), बिमलकुमार तिवारी (सिराहा), कृष्णबहादुर कार्की (पाल्पा), हेमन्त बस्याल (पाल्पा) र मुकन्दराज जोशी (डडेल्धुरा)ले नेप्सेको सीईओ पदमा आवेदन दिएका छन्। आचार्य यसअघि सीडीएससीका प्रमुख कार्यकारी थिए भने कार्की नेप्सेका निवर्तमान सीईओ हुन्। बस्याल वित्त विश्लेषका रुपमा परिचित छन्।

नेप्सेमा खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न लागिएको हो। नेप्सेका निवर्तमान सीईओ कार्कीको कार्यकाल माघ २५ गतेबाट सकिएको थियो। हाल नेप्सेको कामु सीईओ जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँललाई दिइएको छ।

समितिले प्राप्त दरखास्तको मूल्यांकन गरी ५ जनाको नाम सर्टलिस्ट गर्नेछ। त्यसपछि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि तीमध्ये ३ जनाको नाम मन्त्रिपरिसदमा सिफारिस गर्नेछ। तिनै ३ जनामध्ये १ जनालाई मन्त्रिपरिषदले नेप्सेको सीईओमा नियुक्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS