SKIP THIS

National Insurance
IME Life

बाल जीवन बीमा गराउँदा विचार गर्नुपर्ने कुराहरु

SPIL
NIC ASIA new
Sanima Reliance

दम्पत्तिले छोरालाई पास्नीमा दिए २० लाखको बीमा पोलिसी उपहार भर्खरै प्रचलित मिडियामा प्रकाशित समाचार । बीमाको प्रवर्धनका यस्ता समाचार पनि विभिन्न मिडियाबाट आजकल खुबै प्रसारित हुने गरेका छन् । सोचनिय विषय के हो भने भर्खर पास्नी भएको बच्चाको जीवन बीमा गर्न किन अवश्यक पर्यो ? कुनै पनि अभिवावकको निम्ति छोराछोरी भनेको सम्बन्ध भन्दा पनि भावना हो । भनिन्छ जँहा भावना वढी सक्रिय हुन्छ त्यहा नाफा नोक्सान हेरीदैन । त्यसैले होला तपाईको जीवन बीमा गर्नुस् भन्दा मान्छेले टारे पनि तपाईले बच्चाको लागि केही गर्नु पर्दैन बच्चाको बीमा गर्नुस् भन्दा टार्न गाह्रो हुन्छ । केही बीमा अभिकर्ता यसरी नै अभिवावकको भावनाको प्रयोग गरि बाल बीमा गराएका पनि हुन सक्छन् । तसर्थ भावनात्मक रुपमा बगेर भन्दा पनि सतर्क भई आफ्नो आवश्यकताको पहिचान गरी बाल बालिकाको बीमालेखको बारेमा राम्ररी बुझेर बीमा गराउन उपर्युक्त हुन्छ ।

कुनै बीमित व्यक्तिको मृत्यु भएमा तोकिएको रकम बीमितको ईच्छाएको व्यक्ति वा हकवालालाई भुक्तानी गर्ने गरी बीमा कम्पनी तथा व्यक्ति विच गरिएको करार नै जीवन बीमा हो । परिवारमा आय आर्जन गर्ने सदस्यको मृत्यु भएमा आश्रित परिवारका सदस्यहरुको बिचल्ली हुने स्थितिको श्रृजना हुने हुँदा उक्त विषम परिस्थतिमा पनि आश्रित परिवारको आर्थिक संरक्षणका निम्ति जीवन बीमाको प्रदुभाव भएको हो । जीवन बीमाको विशेषता अनुसार विभिन्न प्रकारका जीवन बीमालेख हुन्छन् । ति मध्ये बाल जीवन बीमा १८ वर्ष मुनिका बाल बालिका बीमित हुने गरी तयार गरिएको बीमालेख हो ।

Prabhu
Crest

१८ वर्ष मुनिका बाल बालिका करार गर्न योग्य नहुने हुनाले बाल बालिकाको बीमा गर्दा कानूनी अभिवावक नै प्रस्तावक हुन्छ । सर्व बिदितै कुरा हो बालबालिकाको न त आय हुन्छ न त पारिवारिक उत्तरदायित्व नै । तै पनि १८ वर्ष मुनिको बालवालिकाको किन बीमा गरिन्छ प्रश्न आउला । बीमाको किसिम अनुसारले सावधिक बीमामा रक्षावरणसङ्गै बचत या प्रतिफल दिने हुन्छ । सामान्यतया जोखिम प्रयोजन भन्दा पनि बचत प्रयोजनको निम्ति बालबालिकाको जीवन बीमा गरिन्छ । साथै बच्चाको मृत्युदर कम हुने भएकाले बाल बालिकाका बीमा तुलनात्मक रुपमा वयस्यको बीमा भन्दा केही सस्तो हुने हुन्छ त्यसैले पनि यस बीमालेख प्रति आर्कषण रहेको छ ।

बाल बालिकाको आय आर्जन नहुने तर मृत्यु भएमा बीमांक रकम प्राप्त हुने हुँदा विगतमा गलत मनसायले बाल बालिकाको बीमा गरेर केही अप्रत्यासित घटना घटाईएको भेटिएको हुँदा बीमा नियमाक निकायले बाल जीवन बीमालाई मर्यादित बनाई बाल बालिकाको सुरक्षा गर्न केही विशेष व्यवस्था गरेको छ । ति व्यवस्थाहरु देहाय बमोजिम रहेका छन् ।

  • बीमा गराउन चाहने प्रस्तावक अभिवावकले आफ्ना सबै बीमायोग्य छोराछोरीको समान बीमाङ्कको जीवन बीमा गराउनु पर्ने हुन्छ । कुनै छोरा छोरीको गराउने कुनैको नगराउने गर्न या फरक बीमाङ्क रकमको बीमा गराउन पाईदैन ।
  •  त्यसैगरी बीमा गराउन चाहने प्रस्तावक अभिवावकले आफ्ना सबै बीमायोग्य छोराछोरीको बीमा गराउदा सबै सन्तानको जम्मा  ( Cumulative) बीमाङ्क पचास लाखको सिमा भित्र रही बीमा गराउनु पर्ने हुन्छ । सो भन्दा बढी रकमको बीमा गराउनु परेमा जम्मा  ( Cumulative) बीमाङ्क बराबर प्रस्ताबक अभिवावकको पनि बीमा गराउनु पर्ने हुन्छ ।
  • सामान्यतया जहिले जीवन बीमा गरेको भएता पनि बीमित बाल बालिकाको उमेर ५ वर्ष या बीमा गरेको २ वर्ष पुरा हुने मिति मध्ये जुन ढिलो आउछ सोही मितिमा जोखिमको सुरक्षण सुरु हुन्छ । जोखिमको सुरक्षण सुरु हुनु अगावै बीमित बाल बालिकाको मृत्यु भएमा बीमा कम्पनीले भुक्तानी भएको बीमाशुल्क मात्र फिर्ता गर्नु पर्ने हुन्छ ।
  •  त्यसैगरी जोखिम सुरक्षण सुरु भएपछि बीमित बाल बालिकाको मृत्यु भएमा तत्काल बीमा कम्पनीले बीमाङ्कको २५ प्रतिशत प्रस्तावकलाई भुक्तानी गर्दछ भने बाँकी ७५ प्रतिशत तथा मृत्यु हुदा सम्म आर्जित बोनस एकमुष्ठ बीमा अवधि समाप्ति भएपछि भुक्तानी गर्दछ ।
    यसरी बाल बालिकाको बीमालेखलाई मर्यादित बनाउन नियामक निकायले गरेको विशेष व्यवस्थाका कारण यी बीमा अन्य बीमालेख भन्दा फरक हुन्छ । आफ्ना बाल बालिकाको बीमा गराउन चाहने हरेक अभिवावकले माथिको सबै व्यवस्थालाई बुझ्नु आवश्यक छ । यी त भए बाल बीमालेख सम्बन्धी व्यवस्थाका कुराहरु, अभिवावकले यति मात्र बुझेर पुग्दैन बीमालेख परिपक्व भैसकेको पछिका सृजना हुने अवस्थाको बारेमा पनि बुझ्नु आवश्यक छ ।
  •  बाल बीमालेख बच्चा बालिग भएपछि परिपक्व हुन्छ । सामान्यतया जुन बेला बच्चाको उमेर २० वर्षको हाराहारीमा हुन्छ । उमेर परिपक्व नभई बीमा बापत प्राप्त भएको मोटो रकमले किशोर किशोरीलाई भ्रमित पार्न सक्दछ । राम्रो नराम्रो छुट्याउन नसक्ने अवस्थामा व्यक्तिको हातमा मोटो रकम जानु जोखिम पुर्ण नै हुन्छ । त्यसैले आफ्ना बाल बालिकाको बीमा गराउन चाहने अभिवावकले बीमा परिपक्व हुदा सन्तानको उमेर कति हुन्छ, कति रकम उसको हात जान्छ साथै उक्त रकम जादा जोखिम हुन्छ हुदैन बिचार गर्नु पर्दछ ।

यदि बच्चाको लालन पालन र शिक्षाको सुनिश्चतताको लागि बाल जीवन बीमा गरिएको हो भने बाल बालिकाको बीमा गर्नु भन्दा आय आर्जन गर्ने अभिवावकको बीमा गरेर बच्चालाई इच्छाइएको व्यक्ति राख्नु ठिक हुन्छ । यसले गर्दा आय आर्जन गर्ने अभिवावकको मृत्यु भएमा बाल बालिकाको लालन पालन र शिक्षाको जोहो हुन्छ भने बीमित अभिवावक जीवित रहेको अवस्थामा बीमा परिपक्व हुदा प्राप्त हुने रकम अभिवावकलाई नै प्राप्त हुन्छ । अभिवावकले उपयुक्त देखेमा सन्तानलाई उक्त रकम दिन सक्दछ भने उपयुक्त नदेखेमा नदिन पनि सक्दछ । यसरी रकमको नियन्त्रण अभिवावकको हातमा हुन्छ । आफ्ना सन्तानको जीवन बीमा गर्नु पुर्व यी कुराहरुको बारेमा सचेत हुनु पर्दछ ।

यसरी आफ्ना बाल बालिकाको जीवन बीमा गराउन चाहने हरेक अभिवावकले बाल जीवन बीमालेखको बिशेषता, नियमाक निकायले गरेको व्यवस्था साथै बीमालेख परिवक्व भएपछिको अवस्थाको समेत विश्लेषण गरी बीमा गराउनु पर्दछ ।

(थापा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकी मुख्य प्रबन्धक हुन् । लेख लेखकको व्यक्तिगत बिचार हो । यसले कुनै संस्थाको प्रतिनिधित्व गर्दैन ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS