IME Life
Beema Board

यो देशको पासपोर्ट सबैभन्दा सस्तो, महँगो चाहिँ कसको ?

SPIL
NIC ASIA

काठमाडौं । अस्ट्रेलियाली फर्म कम्पेयर द मार्केट एयूले हालै लागतका हिसाबले विश्वका पासपोर्टहरुको सूची सार्वजनिक गरेको छ। यो सूचीमा लागतको हिसाबले सबैभन्दा सस्तो पासपोर्ट यूएईको र सबैभन्दा महँगो मेक्सिकोको देखिएको छ।

कम्पेयर द मार्केटको प्रतिवेदनअनुसार यूएईको पासपोर्ट ५ वर्षका लागि जारी हुन्छ। यसको लागत १७.७ अमेरिकी डलर रहेको छ। लागतको हिसाबले छिमेकी मुलुक भारतको पासपोर्ट दोस्रो स्थानमा रहेको छ। भारतले १० वर्षका लागि पासपोर्ट जारी गर्छ। यसको लागत १८.०७ डलर रहेको छ।

Prabhu
Crest

लागतको हिसाबले सबैभन्दा महँगो पासपोर्ट मेक्सिकोको रहेको छ। १० वर्षको वैधता रहेको मेक्सिकोको पासपोर्टको लागत २३१.०५ डलर रहेको छ।

कम्पेयर द मार्केटले विभिन्न देशबाट पासपोर्ट प्राप्त गर्ने लागत र वैधताको प्रतिवर्ष लागत प्रभावकारिता अध्ययन गरेको थियो। भिसा–मुक्त पहुँच प्रदान गर्ने देशहरुको संख्याको सन्दर्भमा उनीहरुको मूल्य पनि अध्ययन गरिएको थियो। – एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS