IME Life
Beema Board

युवा लक्षित निःशुल्क सीपमूलक व्यावसायिक तालिम सञ्चालन गर्दै काठमाडौं महानगरपालिका

SPIL
NIC ASIA

काठमाडौं । काठमाडौं महानगरपालिकाले युवा लक्षित निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०।८१ मा कार्यान्वयनमा ल्याएको १० वटा गौरवको योजनामध्येको ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ एक महत्वपूर्ण योजना हो। सोही योजनाअन्तर्गत महानगरले सीपमूलक तालिम सञ्चालन गर्न लागिको हो।

वैशाख महिनाको १९ गते अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को दिनदेखि युवा लक्षित विभिन्न किसिमका छोटो अवधिका (१ हप्तादेखि १ महिना सम्मका) सीपमूलक व्यावसायिक तालिमहरु निःशुल्क रुपमा प्रदान गरी युवाहरुलाई व्यवसायिक सीपको महत्वबारे चेतना जगाउने, आयमूलक कार्यक्रमहरुमा युवाको चासो र सहभागिता बढाउने, युवाशक्तिलाई रोजगारमूलक र उद्यमशील बनाउन सरल र सहज रुपमा व्यवासायिक सीपमा पहुँच पुर्याउने उद्देश्यले टुँडीखेलमा तालिम सुरु गर्न लागिएको महानगरले जनाएको छ।

Prabhu
Crest

तालिममा काठमाडौं महानगरपालिकाका १ देखि ३२ वटै वडा क्षेत्रका बासिन्दालाई प्राथमिकतामा राखिएको आज जारी सूचनामा उल्लेख छ। यो निःशुल्क सीपमूलक तालिममा बढीभन्दा बढी युवाको सहभागिता गराई पौरखी हातहरुको सीप बढाउने कार्यमा साथ दिन महानगरले आग्रह गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS