IME Life
Beema Board

नौ महिनामा भित्रियो ७ हजार बढी विद्युती गाडी, साढे १७ अर्ब रुपैयाँ बाहिरियो

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना चैतसम्म ७ हजार बढी विद्युतीय सवारीसाधन (जिप, कार र भ्यान) नेपाल भित्रिएका छन्।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिना चैतसम्म ७ हजार ९३ वटा विद्युतीय सवारीसाधन भित्रिएका हुन्। यो संख्या हालसम्मकै उच्च हो। अघिल्लो वर्ष यही अवधिसम्म २ हजार ४५८ वटा विद्युतीय सवारीसाधन भित्रिएका थिए।

Prabhu
Crest

यो ९ महिनामा विद्युतीय सवारीसाधन भित्रिँदा नेपालबाट १७ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ बाहिरिएको छ। यो अवधिमा सरकारले आयातित विद्युतीय सवारीसाधनबाट ८ अर्ब १७ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

विभागअनुसार चैतसम्म नेपालमा ५० किलोवाट क्षमताको २ हजार ९०२ वटा विद्युतीय गाडी भित्रिएका छन्। यसका लागि ५ अर्ब ४० करोड २९ लाख रुपैयाँ बाहिरिएको छ भने सरकारले १ अर्ब ६१ करोड १२ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ।

यसैगरी यो ९ महिनामा नेपालमा ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको ४ हजार ७७ वटा विद्युतीय गाडी आयात भएको छ। यी गाडीका लागि ११ अर्ब ४६ करोड ९८ लाख रुपैयाँ बाहिरिएको छ भने सरकारले ५ अर्ब ६२ करोड १२ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ।

चैतसम्म नेपालमा १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको ४६ करोड ८८ लाख रुपैयाँमा ९३ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मको १५ करोड ३२ लाख रुपैयाँमा २१ वटा विद्युतीय गाडी आयात भएका छन्। यी क्षमताका आयातित गाडीबाट सरकारले क्रमशः ३२ करोड ६८ लाख रुपैयाँ र २१ करोड ५८ लाख रुपैयाँ राजस्व पाएको छ।

विभागका तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी विद्युतीय गाडी चीनबाट आयात हुने गरेको छ। त्यसपछि भारत, दक्षिण कोरिया, इन्डोनेसियाबाट जर्मनी र अमेरिकाबाट विद्युतीय सवारीसाधन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS