IME Life
Beema Board

१० महत्त्वपूर्ण सूचकमा नबिल र ग्लोबल आइएमई बैंकलाई दाँजेर हेर्दा कुन देखियो तगडा ?

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंक र ग्लोबल आइएमई नाफा र आकारमा ठूला वाणिज्य बैंक हुन् । दुवै बैंकले चालू आर्थिक वर्ष ८०/८१को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंक बीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पुँजीको आधारमा : नबिल बैंक लिमिटेडको चुक्ता पुँजी २७ अर्ब ५ करोड रहेको छ भने ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रहेको छ ।

जगेडा कोषको आधारमा : नबिल बैंक लिमिटेडको जगेडा कोषमा २७ अर्ब ७८ करोड रहेको छ भने ग्लोबल आइएमई बैंक लिमिटेडको जगेडा कोषमा २२ अर्ब ४३ करोड रहेको छ ।

रिटेन्ड अर्निङको आधारमा : नबिल बैंक लिमिटेडको रिटेन्ड अर्निङमा १ अर्ब ५४ करोड रहेको छ भने ग्लोबल आइएमई बैंक लिमिटेडको रिटेन्ड अर्निङ ४२ करोड ऋणात्मक रहेको छ ।

निक्षेप र कर्जाको आधारमा : बैंकहरूले प्रकाशन गरेको आर्थिक वर्ष ८०/८१को तेश्रो त्रैमासको वित्तीय विवरणको आधारमा नबिल बैंक लिमिटेडले ४ खर्ब ४० अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेको छ भने ग्लोबल आइएमई बैंक लिमिटेडले ४ खर्ब ५९ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६६ अर्ब कर्जा प्रवाह गरेको छ ।

खुद ब्याज आम्दानीको आधारमा : चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा नबिल बैंक लिमिटेडले १२ अर्ब ५५ करोड खुद ब्याज आम्दानी गरेकोमा ग्लोबल आइएमई बैंक लिमिटेडले १३ अर्ब २ करोड खुद ब्याज आम्दानी गरेको छ ।

संचालन नाफा : चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा नबिल बैंक लिमिटेडले ६ अर्ब ६८ करोड संचालन नाफा गरेकोमा ग्लोबल आइएमई बैंक लिमिटेडले ४ अर्ब ७१ करोड संचालन नाफा गरेको छ ।

खुद मुनाफा : आर्थिक वर्ष ८०/८१को तेश्रो त्रैमासको वित्तीय विवरणको आधारमा नबिल बैंक लिमिटेडले ४ अर्ब ६६ करोड खुद नाफा गरेकोमा ग्लोबल आइएमई बैंक लिमिटेडले ३ अर्ब ३० करोड खुद नाफा गरेको छ ।

किताबी मूल्य : नबिल बैंक लिमिटेडको किताबी मूल्य २०८.३९ रुपैयाँ छ भने ग्लोबल आइएमई बैंक लिमिटेडको किताबी मूल्य १६०.९२ रुपैयाँ छ ।

वार्षिक प्रति शेयर आम्दानी : वित्तीय विवरणको आधारमा नबिल बैंक लिमिटेडको वार्षिक प्रति शेयर आम्दानी २३ रुपैयाँ छ भने ग्लोबल आइएमई बैंक लिमिटेडको वार्षिक प्रति शेयर आम्दानी १२.२० रुपैयाँ छ ।

खराब कर्जा: नबिल बैंक लिमिटेडको खराब कर्जा ४.०४ प्रतिशत हुँदा ग्लोबल आइएमई बैंक लिमिटेडको खराब कर्जा ४.७४ प्रतिशत छ।

नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर कारोवार प्रयोजनका लागि होइन।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS