IME Life
Beema Board

बैंकहरुमा सवा ४ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवा ४ अर्ब रुपैयाँ बढी बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको कुल ४ अर्ब ३० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नेछ।

Prabhu
Crest

केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ३ अर्ब ४४ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६४ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २१ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपमा राखिनेछ। आफूले मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन केन्द्रीय बैंकले बैंकहरुलाई आह्वान गरेको छ। २०८१ वैशाख ११ गतेदेखि २०८१ कात्तिक १० गतेसम्म ६ महिना (१८७ दिन)का लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ।

बैंकहरुले वैशाख ४ गते साँझ ५ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS