IME Life
Beema Board

धमाधम सुन उठाउँदै विश्वकै दोस्रो ठूलो अर्थतन्त्र, आखिर के हो रणनीति ?

SPIL
NIC ASIA

काठमाडौं । मध्यपूर्वमा तनाव बढेको छ। अमेरिकी ब्याजदरमा कटौतीको सम्भावना छ। जसका कारण सुनको मूल्यमा लगातार उछाल आइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा पहिलोपटक सुनको भाउले २ हजार ३०० डलरको स्तर तोडेको छ।

अहिले यो पहेँलो धातुको मागमा चीनको महत्वपूर्ण भूमिका देखिएको छ। पिपुल्स बैंक अफ चाइना (पीबीसी) लगातार १७ महिनादेखि सुन खरिदमा अग्रस्थानमा रहेको छ। यसले सन् २०२३ मा सुनको सबैभन्दा आक्रामक केन्द्रीय बैंक खरिदकर्ता बनाउँछ। यो कदम चीनको रणनीतिको हिस्सा हो। आखिर किन चीन आफ्नो सुनको होल्डिङ यति हदसम्म बढाउन व्यस्त छ ?

Prabhu
Crest

आर्थिक र राजनीतिक उथलपुथलका बेला सुनलाई परम्परागत रुपमा सुरक्षित स्थानका रुपमा लिइन्छ। मध्यपूर्व र युक्रेनमा पछिल्लो समयको द्वन्द्व र कोभिडपछि महँगी बढ्नुले सुनको आकर्षण बढेको छ। खासगरी युआन र चिनियाँ शेयर बजार देशको आर्थिक चुनौतीहको दबाबमा परेको बेला चीनको सुनको यो द्रुत खरिदलाई मुद्रा सपोर्टिङसँग पनि जोडिएको छ।

अन्तर्राष्ट्रिय व्यापारका लागि डलरमा चीनको निर्भरताले अमेरिकी मुद्राको उतारचढावप्रतिको संवेदनशीलताबारे चिन्ता बढाएको छ। विश्वको रिजर्भ मुद्राका रुपमा डलरको प्रभुत्व छ। तर, चीनले विदेशी मुद्रा सञ्चितिलाई विविधीकरण गरेर आफूमाथिको निर्भरता कम गर्न चाहन्छ। सन् २०११ देखि चीनको डलर होल्डिङमा उल्लेखनीय गिरावट आएको छ। महामारीपछि यो प्रवृत्ति बढेको छ।

सुनतर्फको परिवर्तन ब्रिक्स देशहरु (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) को उद्देश्यअनुरुप छ। उनीहरुले २०५० सम्ममा डलरको प्रभुत्वलाई चुनौती दिन साझा मुद्रालाई विचार गरिरहेका छन्।

चीन र रुस अमेरिकाको काउन्टर दिन खोजिरहेका छन्। उनीहरुलाई लाग्छ कि अमेरिकाले डलरलाई हतियार बनाएको छ। यसलाई प्रतिबन्ध लगाउन र आफ्नो भूराजनीतिक अडान कायम राख्न प्रयोग गरिएको छ। यसले चीन र रुसमा चिन्ता बढाएको छ। युक्रेनमाथिको आक्रमणपछि रुसमाथि लगाइएको प्रतिबन्ध र रुसी बैंकहरुलाई स्विफ्ट प्रणालीबाट बहिष्कार गर्नु डलरको बलियो उदाहरण हुन्।

चीनले आफ्नो सैन्य महत्वाकांक्षा र अमेरिकासँग चलिरहेको व्यापारिक तनावका कारण आफूविरुद्ध पनि यस्तै कदम चाल्न सक्ने डर छ। यो डरले चीनलाई आफ्नो भण्डार विविधीकरण गर्न प्रेरित गरेको छ। यस रणनीतिमा सुनले महत्वपूर्ण भूमिका खेलेको छ।

चीनले १७ महिनादेखि लगातार सुन खरिद गरिरहेको छ। यद्यपि, चीनको सुनको भण्डार अझै पनि पीबीसीको कुल भण्डारको सानो अंश हो। यो विकसित देशहरुमा केन्द्रीय बैंकहरुको स्तरभन्दा धेरै कम हो। विश्व गोल्ड काउन्सिलले चीनको नेतृत्वमा केन्द्रीय बैंक खरिदहरु धेरै वर्षसम्म जारी रहने अपेक्षा गरेको छ। उसले यो विविधीकरणका लागि गर्नेछन्।

यद्यपि, केही विश्लेषकले सट्टेबाजहरुले सुनको मूल्य बढाउन सक्ने चेतावनी दिएका छन्। यो विभिन्न उद्योगहरुमा प्रयोग गरिन्छ। यो एक बहुमूल्य धातु हो। सुन जम्मा गर्नु चीनको अर्थतन्त्रलाई जोगाउने प्रयास हो। यसमार्फत चीन अमेरिकी डलरको वर्चस्व रहेको विद्यमान विश्वव्यापी वित्तीय प्रणालीलाई पनि चुनौती दिन चाहन्छन्। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS