IME Life

फुटपाथबाट उठेर अर्बपतिसम्मको यात्रा, अनि अर्बौं घोटाला, अब फासी

SPIL
NIC ASIA

काठमाडौं । भियतनामको अदालतले अर्बपति महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ। भियतनामी रियल स्टेट टाइकुन ट्रोङ माई ल्यानलाई अर्बौं डलरको ठगीको मुद्दामा फासीको सजाय सुनाइएको छ। यो भियतनाको इतिहासमै ठूलो बैंकिङ घोटाला हो। जसका कारण करिब ४२ हजार मानिस प्रभावित भएका छन्।

भियतनामको हो ची मिन्ह सिटीकी ६७ वर्षीय रियल स्टेट टाइकुन ट्राङ माई ल्यानलाई देशको सबैभन्दा ठूलो बैंकलाई ११ वर्षसम्म ठगी गरेको अभियोगमा बिहीबार मृत्युदण्डको सजाय सुनाइएको छ। देशको इतिहासमा यो दुर्लभ निर्णय हो, किनकि मृत्युदण्ड यो देशमा असामान्य सजाय होइन तर आर्थिक मामिलामा यति ठूलो व्यक्तित्वलाई यो सजाय दिइएको यो पहिलोपटक हो।

Prabhu
Crest

फोर्ब्सको रिपोर्टअनुसार ट्राङ माई ल्यान भियतनामकी एक ठूला, प्रसिद्ध उद्योगपति र अग्रणी डेभलपर्स भान थिह्न फ्याट (भीटीपी) की अध्यक्ष हुन्। उनको कम्पनी लक्जरी अपार्टमेन्ट, होटल, अफिस र सपिङ मल निर्माणमा संलग्न छ। अक्टोबर २०२२ मा यी अर्बपतिलाई एससीबी बैंकमा आर्थिक घोटालाको आरोपमा पक्राउ गरिएको थियो। त्यसपछि उनीविरुद्ध १२.५ अर्ब डलरको मुद्दा दायर भएको थियो। तर, अभियोजकहरुले यस घोटालाबाट बैंकलाई २७ अर्ब डलर गुमाएको दाबी गरिरहेका छन्।

ट्राङ माई ल्यानलाई साइगन कमर्सियल बैंक (एससीबी)बाट ४४ अर्ब डलर ऋण लिएको अभियोगमा दोषी ठहर गर्दै अदालतले २७ अर्ब डलर फिर्ता गर्न आदेश दिएको थियो। तर, सरकारी वकिलले भने उक्त रकम असुली नहुने बताए। पाँच हप्ताको सुनुवाइका क्रममा दिइएको तर्कका आधारमा अदालतले पत्ता लगायो कि ल्यानले सन् २०११ र २०२२ को बीचमा अवैध रुपमा एससीबी बैंकलाई नियन्त्रण गर्यो र आफ्ना नक्कली कम्पनीहरुमार्फत पैसा लुटाउन प्रयोग गर्यो।

यो निकै चलाखीपूर्ण तरिकाले गरिएको थियो र यसका ट्रयाकहरु घुस दिने अधिकारीहरुले ढाकिदिएका थिए। अभियोजकहरुले अदालतलाई भने कि ल्यान र उनका सहयोगीले यी नक्कली कम्पनीहरुलाई अर्बौं डलरको २ हजार ५०० पटक गैरकानुनी ऋण उपलब्ध गराए। जसले बैंकलाई लगभग २७ अर्ब डलरको नोक्सानी भयो।

ल्यानमात्र होइन यस घोटालामा संलग्न अन्य ८५ जनालाई घुसखोरी र शक्तिको दुरुपयोगलगायत बैंकिङ कानुन उल्लंघन गरेको अभियोगमा सजाय भोग्नुपर्ने हुनसक्छ। करिब ४२ हजार व्यक्ति यस घोटालाको सिकार भएका छन्।

यो ठगी मुद्दामा १ महिनाभन्दा बढी समयसम्म सुनुवाइ भएको र प्रतिवेदनअनुसार करिब २ हजार ७०० जनालाई बयानका लागि बोलाइएको थियो भने १० राज्यका अभियोजक र करिब २०० वकिलले यसमा भाग लिएका थिए। यतिमात्र होइन यस मुद्दामा ल्यानविरुद्ध पेस गरिएका प्रमाणहरु जम्मा ६ टन तौलका १०४ बक्समा थिए। अन्ततः अदालतले ल्यानलाई घुसखोरी, हिनामिना र बैंकिङ नियम उल्लंघन गरेकोमा दोषी ठहर गर्यो र फासीको सजाय सुनायो।

ल्यान हो ची मिह्न सहर (पहिले साइगोन) मा एक चीन–भियतनामी परिवारबाट आउँछिन। उनको जन्म सन् १९५६ मा ट्रुङ मी ल्यान भएको थियो। प्रसिद्धिको उचाइमा पुगेपछि ल्यानको जीवन संघर्षले भरिएको थियो। जुन फासीसम्म पुग्यो।

स्थानीय सञ्चारमाध्यम टीएन फोङको रिपोर्टका अनुसार ल्यानले बजारमा स्टल लगाएर आमासँगै सौन्दर्य सामग्री बेचेर व्यापार थालेकी हुन्। तर, सन् १९८६ मा जब कम्युनिस्ट पार्टीले डोई मोई भनेर चिनिने आर्थिक सुधारको अवधि सुरु गर्योे त ल्यानले जग्गा र अन्य सम्पत्तिहरु किन्न र बेच्ने अवसरको फाइदा उठाइन्।

सन् १९९० सम्म ल्यानसँग होटल र रेस्टुरेन्टहरुको ठूलो पोर्टफोलियो थियो। यसपछि १९९२ मा ल्यानले आफ्नो परिवारसँग भ्यान थिन फाट (भीटीपी) नामको कम्पनी सुरु गरिन्। जुन केही वर्षभित्र भियतनामको सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक बन्यो। ल्यानले सन् १९९२ मा हङकङका अनुभवी लगानीकर्ता एरिक चु नाप–कीसँग विवाह गरिन् र दुई छोरी पनि जन्माइन्।

आज हो ची मिह्न सहरका धेरै मूल्यवान भवनहरु ल्यानको कम्पनी भान थिह्न फाटको स्वामित्वमा छन्। हालैका गत हप्ता अदालतमा आफ्नो अन्तिम टिप्पणीमा ल्यानले आत्महत्याको विचार गरेको बताएकी थिइन्। ल्यानले भनिन्, ‘मेरो निराशामा मैले आत्महत्या गर्ने विचार गरेँ, मलाई धेरै कम थाहा भएको कुरामा संलग्न हुनका लागि म मूर्ख छु भनेर धेरै रिसाएको महसुस गरेँ।’

रोयटर्समा प्रकाशित खबरअनुसार ल्यानका एक वकिल गुएन ह्यु थिपले भनेका छन्, ‘यो फैसलाको विरुद्ध अपिल गर्नेछौँ।’–एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS