IME Life

नेपाली शेयर बजार अल टाइम पुगेर घट्दा भारतीय शेयर बजार कतिले बढ्यो ?

SPIL
NIC ASIA

काठमाडौं । विस २०७८ साल भदौ २ गते अलटाइम हाई पुगेको नेप्से परिसूचक सो दिन ३१९८ दशमलव ६० को विन्दुमा पुगेर बन्द भएको थियो । त्यसयता नेपालको शेयर बजार करीब ३७ प्रतिशत घटेको छ । यो अवधिमा नेपालको शेयर बजार परिसूचक नेप्से ११७३ दशमलव ३० अंक घट्दै २०२५ दशमलव ३० मा बन्द भएको छ ।

उता छिमेकी शेयर बजार भने बुलिस प्रवित्तिमा रहेको छ । भारतका दुई प्रमुख बजार बम्बई स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जको प्रमुख सूचक सेन्सेक्स र निफ्टी भने यो अवधिमा राम्रै  बढेको देखिन्छ । नेपालको शेयर बजारले अल टाइम हाइ बनाएको दिन र आजको दिनलाई दाँजेर हेर्दा सेन्सेक्स ३३ दशमलव ४६ प्रतिशतले वृद्धि भएको छ भने निफ्टी ३५ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

पछिल्लो कारोबार दिनको तथ्यांकलाई आधार मान्दा सेन्सेक्स  ७४ हजार २४४ दशमलव ९० को विन्दुमा बन्द भएको छ भने  निफ्टी २२ हजार ५१९ दशमलव ४० को विन्दुमा बन्द भएको छ । नेपालको शेयर बजार अल टाइम हाई पुगेको दिन सेन्सेक्स ५५ हजार ६२९ दशमलव ४९ विन्दुमा थियो भने  निफ्टी १६ हजार ५६८ दशमलव ८५ विन्दुमा बन्द भएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS