IME Life
Beema Board

वर्ष २०८० मा २४ कम्पनीले पाए आइपीओ निष्कासन अनुमति, ५ बीमकले ल्याए प्रिमियममा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आर्थिक वर्ष २०८० मा २४ वटा कम्पनीले आइपीओ निष्कासन तथा बिक्रीका लागि अनुमति पाएका छन् । जसमध्ये चारवटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ बिक्रीका लागि अनुमति पाएका थिए भने एक पुनर्बीमा कम्पनीले अनुमति पाएको हो । आर्थिक वर्ष २०८० मा आइपीओ बिक्रीका लागि अनुमति पाउने कम्पनीहरुमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ छन् भने एउटा पुनर्बीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी हो ।

आर्थिक वर्ष २०८० बाटै नै नेपाल धितोपत्र बोर्डले प्रिमियममा आइपीओ जारी गर्न पाउने व्यवस्था गरेसँगै बीमा क्षेत्रका यी चार कम्पनी र एउटा पुनर्बीमाले अंकित मूल्यमा प्रिमियम थप गरी आइपीओ बिक्री गरेका हुन् । चार इन्स्योरेन्स कम्पनी र एउटा पुनर्बीमा कम्पनीरुले आइपीओ बिक्रीबाट कुल १७ अर्ब १३ करोड रुपैयाँ संकलन गरेका छन् ।

Prabhu
Crest

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी
कम्पनीले वर्ष २०८० जेठ २३ गते नेपाल धितोपत्र बोर्डबाट आइपीओ बिक्रीका लागि अनुमति पाएको थियो । कम्पनीले बोर्डबाट कुल पुँजी ४ अर्बको ३० प्रतिशतका दरले प्रतिकित्ता २३६.९१ रुपैयाँमा १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता आइपीओ बिक्री गर्नका लागि अनुमति पाएको थियो । जसमा कम्पनीले करोड २० लाख कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाका लागि निष्कासन गरेको थियो ।

त्यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुटाइएको थियो भने ५ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुटाएको थियो । बाँकी रहेको ९६ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गरेको थियो । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट थियो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी २३६.९१ रुपैयाँमा आइपीओ बिक्री गर्दा कुल २ अर्ब ८४ करोड रुपैयाँ संकलन गरेको छ । यो आइपीओमा कम्पनीले प्रिमियमबापत मात्रै १ अर्ब ६४ करोड रुपैयाँ उठाएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
सन नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ बिक्रीका लागि बोर्डबाट २०८० असार १९ गते अनुमति पाएको थियो । कम्पनीले बोर्डबाट आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँबराबरको ९६ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको थियो ।

बाँकी रहेको शेयरमध्ये ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरेको थियो भने ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेको थियो । सर्वसाधारणलाई अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता निष्कासन गरेको थियो । बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको थियो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आइपीओ बिक्री गर्दा कुल २ अर्ब २९ करोड रुपैयाँ संकलन गरेको छ । यो आइपीओमा कम्पनीले प्रिमियमबापत मात्रै १ अर्ब ११ करोड रुपैयाँ उठाएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बोर्डबाट २०८० असार १५ गते अनुमति पाएको थियो । कम्पनीले बोर्डबाट प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्कासन गर्न अनुमाति पाएको थियो । कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँबराबरको १ करोड २० लाख कित्ता शेयर निष्कासन गरेको हो ।

सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्कासन गरेको थियो । कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीका लागि (प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दर)ले छुट्याइएको थियो भने सर्वसाधारण लगानीकर्ताले ९६ लाख कित्ता शेयरका आवेदन दिएका थिए । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले प्रिमियमबापत कुल ३ अर्ब ८ करोड रुपैयाँ संकलन गरेको छ भने यो आइपीओमा कम्पनीले प्रिमियमबापत मात्रै १ अर्ब ८८ करोड रुपैयाँ उठाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी
कम्पनीले बोर्डबाट २०८० असार १९ गते आइपीओ बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरुका लागि निष्कासन गरेको थियो ।

त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्कासन गरेको थियो । बाँकी रहेको ९० लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने व्यवस्था थियो । इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ बिक्री गर्दा कुल २ अर्ब ७४ करोड रुपैयाँ संकलन गरेको छ । यो आइपीओमा कम्पनीले प्रिमियमबापत मात्रै १ अर्ब ६२ करोड रुपैयाँ उठाएको छ ।

हिमालयन रिइन्स्योरेन्स कम्पनी
यस कम्पनीले बोर्डबाट प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्नका लागि गत कात्तिक १ गते अनुमति पाएको थियो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ करोड कित्ता साधारण शेयरमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी २०६ रुपैयाँ अंकित दरमा ६ अर्ब १८ करोड रुपैयाँ साधारण शेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएको थियो ।

कुलमध्ये १० प्रतिशत अर्थात ३० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेको थियो । २ प्रतिशत अर्थात ६ लाख कित्ता कार्यालयमा कार्यरत कर्मचारीलाई, ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको २ करोड ४९ लाख कित्ता सर्वसाधारणलाई निष्कासन गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री गर्दा कुल ६ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । यो आइपीओमा कम्पनीले प्रिमियमबापत मात्रै ३ अर्ब १८ करोड रुपैयाँ उठाएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS