IME Life
Beema Board

आठ महिनामा वाणिज्य बैंकहरुको नाफा सवा ४२ अर्ब माथि, सर्वाधिक कमाउनेमा नबिल

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म वाणिज्य बैंकहरुले सवा ४२ अर्ब रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएका छन्। यो ८ महिनामा २० वटा वाणिज्य बैंकले कुल ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा कमाएका हुन्।

सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ। यो बैंकले ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Prabhu
Crest

यसैगरी दोस्रो सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक तेस्रो स्थानमा रहेको छ। यो ८ महिनामा ग्लोबल आइएमईले ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

उच्च नाफा आर्जन गर्ने तेस्रो बैंकमा प्राइम कमर्सियल बैंक रहेको छ। यो बैंकले २ अर्ब ८८ करोड ७८ लाख रुपैयाँ नाफा आजृन गरेको छ।

राष्ट्रिय वाणिज्य बैंक २ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ नाफाका साथ चौथो स्थानमा रहेको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक २ अर्ब ८० करोड ४५ लाख रुपैयाँका साथ पाँचौँ स्थानमा रहेको छ।

धेरै नाफा कमाउनेको सूचीमा एनआईसी एसिया बैंक छैटौँ स्थानमा रहेको छ। यो बैंकले २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ।

फागुनसम्म एभरेस्ट बैंकले २ अर्ब २९ करोड ३४ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ८ करोड ९६ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ९२ करोड ५२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ८२ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ र कुमारी बैंकले १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

यसैगरी नेपाल बैंकले १ अर्ब २८ करोड २९ लाख रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब २२ करोड ६५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड ४८ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले १ अर्ब ८० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS