IME Life
Beema Board

कनेक्ट आईपीएसमा अमेरिकाको एक्सयूएनओको क्रस बोर्डर रिक्वेस्ट टुप पे सेवा सुरु

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवर्द्धित नेपाल क्लियरिङ हाउस लिमिटेडले अमेरिकाको एक्सयूभीओ र ठमेल रेमिटमार्फत क्रस बोर्डर रिक्वेस्ट टु पे सेवाको थालनी गरेको छ। एनसीएचएलद्वारा सञ्चालित मल्टी बैंकिङ प्ल्याट्फर्म कनेक्टआईपीएसमा थप सेवाका रुपमा सुचारु गरिएको उक्त रिक्वेस्ट टु पेको सेवा एक पृथक खालको मेसेजिङ सोलुसन हो, जसबाट नेपालको ग्राहकहरुले संयुक्त राज्य अमेरिकामा रहेका भुक्तानीकर्ता व्यक्ति, व्यवसाय वा संस्थासँग सजिलै भुक्तानी रिक्वेस्ट पठाउन र भुक्तानी प्राप्त गर्न सक्ने भएको छ।

यसरी नेपालको राष्ट्रिय स्तरको भुक्तानी पूर्वाधारमा क्रस बोर्डर रिक्वेस्ट टु पेलाई एक्सयूभीओसँग इन्टिग्रेट गरी अमेरिकामा रहेको नियो बैंकिङ नेटवर्कमा रहेका बैंकहरुबाट भुक्तानी प्राप्त गर्न सकिने सेवाको थालनी गर्ने एनसीएचएल र एक्सयूभीओ पहिलो संस्था बनेको छ। रिभर्स रेमिटेन्स सुविधाको रुपमा रहेको यस सेवा मार्फत् नेपालका लाभग्राहीले संयुक्त राज्य अमेरिकाका भुक्तानीकर्तालाई भुक्तानी अनुरोध पठाउन र कनेक्टआईपीएस प्ल्याट्फर्म मार्फत नेपालमा तोकिएको बैंक खातामा रियल टाइममा भुक्तानी प्राप्त गर्न सक्नेछन्। उक्त सुविधा रियल टाइम क्रस बोर्डर रेमिटको क्षेत्रमा एक महत्वपूर्ण कोशेढुंगाका रुपमा लिइएको छ। एनसीएचएलको एनपीआईमा समेत उपलब्ध उक्त सेवालाई सम्बन्धित मोबाइल बैंकिङ तथा वालेटमा समेत क्रमिक रुपमा विस्तार गरिनेछ।

Prabhu
Crest

एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानका अनुसार ‘आज, प्रविधि र कनेक्टिभिटीको पहुँच भए पनि अन्तर्राष्ट्रिय बैंकहरुबाट भुक्तानी रियल टाइममा गर्न सकेका छैनन्, जसले गर्दा ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानीमा निकै असुविधा भइरहेको छ। एक्सयूभीओसँगको यस साझेदारी पश्चात नेपालको भुक्तानी प्रणालीलाई विश्व बजारको भुक्तानी प्रणालीहरुसँग तथा नेपाललाई विश्वव्यापी अर्थतन्त्रमा जोडी लाभग्राहीहरुलाई प्रत्यक्ष रुपमा सबलीकरण गर्नसकिनेछ।’

एक्सयूभीओको आर२पीएक्स रकम पठाउने र प्राप्त गर्ने बैंकहरुबीच प्रत्यक्ष रियल–टाइम कनेक्सन स्थापना गरी लाभग्राहीहरुले इच्छाइएको रकम, भुक्तानीको उद्देश्य र प्राप्त गर्ने बैंकको जानकारी जस्ता विवरणहरु दाखिला गरी सजिलैसँग भुक्तानीको रिक्वेस्ट पठाउन र सो बापत बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्छन्।

एक्सयूभीओका संस्थापक बालकृष्ण जोशीका अनुसार, ‘हामी उत्कृष्ट श्रेणीको प्रविधिमार्फत भुक्तानी तथा बैंकिङ क्षेत्रमा आमुल परिवर्तन गर्न प्रतिबद्ध रहेकोमा एनसीएचएलसँगको यस सहकार्यले हामीलाई थप उत्साहित बनाएको छ। यो सहकार्य मार्फत हामीले नेपाललाई क्रस–बोर्डर पेमेन्टसँगै बोर्डरलेस अर्थतन्त्रमा पनि फड्को मार्न मद्दत गर्ने विश्वास लिएका छौं। हामी डिजिटलाइजेसनलाई बढ्दो रूपमा आत्मसाथ गरिरहेका छौँ र त्यसका लागि हामीले वित्तीय तथा आर्थिक उन्नतिका सम्भावनाहरुलाई प्रत्सोहान गर्न आवश्यक छ। हामी एनसीएचएल टीमको दूरदर्शी नेतृत्वका लागि र क्रस बोर्डर भुक्तानीको क्षेत्रमा गर्दै आएको योगदानका लागि बधाई दिन चाहन्छौँ।’

क्रस बोर्डर रिक्वेस्ट टु पे ले के–कसरी सहयोग गर्नेछ

  • यसले ग्राहक पहिचान (केवाईसी), एन्टी–मनी लन्डरिङ (एएमएल), लाभग्राहीको स्वीकृति र प्राप्त खाताहरुको अनुपालन र पारदर्शिता सुनिश्चित गर्न सहयोग गर्दछ।
  • वित्तीय संस्थाहरुबीचको प्रत्यक्ष पहुच कायम गरी मध्यस्तकर्ताको भूमिका कम गर्न र भुक्तानी रकम सीधै बैंक खाताबाट जम्मा हुने हुँदा लागत निकै कम हुने।
  • लाभग्राहीले डिजिटल माध्यमबाट भुक्तानी अनुरोध गर्न र सीधै आफ्नो बैंक खातामा रकम प्राप्त गर्ने हुँदा प्रक्रिया निकै सरल हुने। हालका लागि ग्राहकले कनेक्ट आईपीएसबाट भुक्तानी अनुरोध गर्ने व्यवस्था रहेकोमा एनपीआईमार्फत कुनै पनि वालेट र मोबाइल बैंकिङले समेत उक्त आर२पीएक्स जोड्न सक्नेछन्। भुक्तानीकर्ता र लाभग्राहीहरुले रियल टाइममा रिक्वेस्ट र भुक्तानीको स्थिति ट्रयाक गर्न सक्छन्।
  • आर२पीएक्सले युनिक प्राइमरी आइडेन्टीफायर (पीआईडी) वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) प्रयोग गर्ने भएकोले रिक्वेस्ट पठाउने र पाउनेको सम्पूर्ण विवरण सिस्टममा उपलब्ध गर्न आवश्यक रहदैन। साथै सम्पूर्ण जानकारीमा ईन्क्रिप्शन प्रविधिको प्रयोगले सम्पूर्ण भुक्तानी प्रक्रिया सुरक्षित र डाटाको गोपनीयताको ग्यारेन्टी गर्दछ।

एनसीएचएलका बारेमा

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) नेपाल राष्ट्र बैंकको नेतृत्व र मार्गदर्शनमा डिसेम्बर २००८ मा स्थापित पब्लिक लिमिटेड कम्पनी हो। यसमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरु, विकास बैंकहरु र फाइनान्स कम्पनीहरुको शेयर स्वामित्व रहेको छ। प्रविधिमा आधारित बैंकिङ सेवाहरुले बैंक र वित्तीय संस्थाहरुको दक्षता, र उत्पादकत्व सुधार गर्न र ग्राहकहरुलाई नवीन वित्तीय सुविधाहरु प्रदान गर्नको लागि एनसीएचएलले प्रमुख भूमिका खेल्दै आएको छ। नेपालभित्र भुक्तानीलाई डिजिटलाइजेसन गरी डिजिटल भुक्तानी प्रवर्द्धनका लागि विशेष रुपमा केन्द्रित हुँदै आएको एनसीएचएलले नेपालको भुक्तानी प्रणालीहरुलाई अन्तर्राष्ट्रियस्तरमा जोड्न पहल थालेको छ।

एक्सयूभीओका बारेमा

क्रस बोर्डर कारोबारका अगुवा बालकृष्ण जोशीको नेतृत्वमा स्थापना भएको, एक्सयूभीओ पहिलो र एकमात्र समावेशी बहुपक्षीय फिनटेक प्लेटफर्म हो, जसले विश्वलाई समतामूलक बोर्डरलेस अर्थतन्त्रतर्फ डो¥याउन प्रतिबद्ध छ। उत्कृष्ट प्रविधि, लाभग्राहीमैत्री व्यावसायिक अवधारणा र इन्डस्ट्री स्ट्यान्डर्डराइजेसनलाई आत्मसाथ गर्दै एक्सयूभीओले विद्यमान क्रसबोर्डर भुक्तानी र बैंकिङ सेवाहरु छिटो, पारदर्शीे र कम लागतमा प्रदान गर्न सक्षम रहने गरी कार्य गर्दै आएको
छ। व्यक्ति, व्यवसाय, व्यापारी र वित्तीय संस्थाहरुलाई उत्कृष्ट विनिमय दरहरु, सुरक्षित बैंकिङ र रियल टाइममा भुक्तानी सेवा उपलब्ध गराउँदै अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कहरुमा पहुँच प्रदान गर्दै विकासोन्मुख तथा विकसित बजारहरुबीच विद्यमान खाडल न्यूनीकरण गर्ने प्रमुख उद्देश्य एक्सयूभीओको रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS