IME Life

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ । बार्षिकोत्सवको अवसरमा बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गत सुख्खड शाखा र बागमती प्रदेश अन्तर्गत कपन शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । आउँदै गरेको १७ औं वार्षिकोत्सवलाई मध्यनजर गर्दै बैंकले शिविरको आयोजना गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले घोडाघोडी नगरपालिका ०८ आमफाँटा कैलालीमा अवस्थित स्थानिय सिएस अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधी वितरण गरको छ ।

Prabhu
Crest

यसैगरी बागमती प्रदेशको काठमाडौं जिल्ला अन्तर्गत कपन शाखाले नेपलिज सोसाइटी अफ कम्यूनिटी मेडिसिनमा आवद्ध विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहकार्यमा सफलतापूर्वक स्वास्थ्य शिविर संचालन गरेको छ ।

उक्त स्वास्थ्य शिविरहरुमा करिब ३५० जना व्यक्तिहरुले स्वास्थ्य सेवा प्राप्त गरेका थिए । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४३ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS