IME Life

शेयर बजार २२ अंकले बढ्दा फाइनान्स कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

SPIL
NIC ASIA

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २२ दशमलव ७५ अंकले घटेर २,०२६ को विन्दुमा कायम भएको छ । आज १९० कम्पनीको शेयर मूल्य बढेको छ भने ४८ कम्पनीको शेयर मूल्य घटेको छ । आज फाइनान्स कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका छन् । आज फाइनान्स उपसूचक ५ दशलमव ९५ प्रतिशतले बढेको छ ।

आज ३११ कम्पनीको १ करोड १२ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको संस्थापक शेयर किनबेच भएको छ । आज यस कम्पनीको ९५ करोड २० लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ ।

Prabhu
Crest

गोर्खाज फाइनान्सको १९ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्यज्योति लाइफको ११ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको ९ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी होटलका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS