IME Life

एलन मस्कलाई पछि पार्दै विश्वकै तेस्रो धनीव्यक्ति बने मार्क जुकरबर्ग, सम्पत्तिमा रेकर्डतोड वृद्धि

SPIL
NIC ASIA

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल प्लेटफर्मका मालिक मार्क जुकरबर्गको सम्पत्तिमा कीर्तिमानी वृद्धि भएको छ । योसँगै ट्विटर (एक्स)का मालिक एलन मस्कलाई पछि पार्दै मार्क जुकरबर्ग विश्वकै तेस्रो धनीव्यक्ति बन्न सफल भएका छन्। नोभेम्बर २०२० पछि पहिलोपटक मार्क जुकरबर्गले एलन मस्कलाई पछि पारेका हुन्। मार्क जुकरबर्गले शुक्रबार यो सफलता हासिल गरेका हुन्।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मार्क जुकरबर्गको सम्पत्ति शुक्रबार एकै दिन ५.६५ अर्ब डलरले बढेर १८७ अर्ब डलर पुगेको छ। यस वर्ष मार्क जुकरबर्गको सम्पत्ति ५८.९ अर्ब डलरले बढेको छ । फेसबुकको मूल कम्पनी मेटाको शेयरमा भएको भारी वृद्धिका कारण शुक्रबार उनको सम्पत्तिमा यो वृद्धि भएको हो । शुक्रबार मेटाको शेयरभाउ कीर्तिमानी उच्च विन्दुमा पुगेको छ।

Prabhu
Crest

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार एलन मस्कको कुल सम्पत्ति १८१ अर्ब डलर पुगेको छ र उनी विश्वको चौथो धनी व्यक्ति हुन् । एलन मस्कले यस वर्ष ४८.४ अर्ब डलरको घाटा व्यहोरेका छन् । जब कि शुक्रबारमात्रै उनको सम्पत्ति ४ अर्ब ५२ करोड डलरले घटेको छ।

टेस्लाका सीईओसमेत रहेका एलन मस्क गत मार्चसम्म विश्वका धनी व्यक्तिको सूचीको शीर्षमा थिए तर अहिले उनी चौथो स्थानमा झरेका छन् । एलन मस्क यस वर्ष सबैभन्दा धेरै सम्पत्ति गुमाउने व्यक्ति बनेका छन् भने मार्क जुकरबर्ग यस वर्ष सबैभन्दा बढी सम्पत्ति कमाउने अर्बपति बनेका छन् । मार्क जुकरबर्गले सन् २०२० नोभेम्बर १६ पछि पहिलोपटक एलन मस्कलाई पछाडि छोडेका हुन्। त्यतिबेला उनको नेटवर्थ १०५.६ अर्ब डलर थियो भने एलन मस्कको नेटवर्थ १०२.१ अर्ब डलर थियो।

यस वर्ष एलन मस्कको सम्पत्तिमा आएको गिरावटको प्रमुख कारण टेस्लाको शेयर हो। सन् २०२४ मा टेस्लाको शेयरभाउ ३४ प्रतिशतले घटेको छ । विद्युतीय सवारीसाधनको मागमा आएको कमी, चीनमा चुनौती र जर्मनीमा उत्पादन समस्याका कारण कम्पनीको शेयरभाउमा गिरावट आएको हो ।

विश्वकै शीर्ष धनाढ्यमा फ्रान्सेली अर्बपति बर्नार्ड अरनाल्ट छन्। उनको कुल सम्पत्ति २१८.२ अर्ब डलर रहेको छ। दोस्रो स्थानमा अजेमनका संस्थापक जेफ बेजोसको कुल सम्पत्ति २०२.८ अर्ब डलर रहेको छ।–एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%

खुसी

10%

दु :खी

10%

अचम्मित

10%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS