IME Life
Beema Board

सम्पत्ति शुद्धीकरण नियन्त्रणमा थप स्पष्ट हुँदै प्राधिकरण, कार्यान्वयन अधिकृत बेग्लै हुनुपर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा मुद्रा निर्मलीकरणमा बीमा व्यवसाय माध्यमका रुपमा प्रयोग हुन सक्ने संभावनालाई न्यून गर्नका लागि थप प्रावधान जारी गरेको छ। बीमा कम्पनीहरुमा परिपालन अधिकारी (Compliance Officer) तथा कार्यान्वयन अधिकारी (Implementing Officer) को जिम्मेवारी बेग्ला बेग्लै कर्मचारीलाई दिन प्राधिकरणले निर्देशन दिएको छ।

प्राधिकरणले जारी गरेको बीमकको सुशासन निर्देशन २०७५ दफा २३ मा बीमकले परिपालन अधिकृत तोक्नुपर्ने प्रावधान छ। परिपालन अधिकृतले विद्यमान ऐन कानूनबमोजिम कम्पनीका कामकारवाहीहरु सम्पन्न भए नभएको अनुगमन र सुनिश्चित गर्ने जिम्मेवारी बोकेको हुन्छ। अनुपालन अधिकृतले कुनै काम भई रहेको अवस्थामा नै ऐन नियमहरुको कार्यान्वयन सुनिश्चित गर्नुपर्छ।  परिपालन अधिकारीले कम्पनीले कानूनी नियम र नियामक निकायबाट जारी दिशानिर्देशको पूर्ण अनुपालनमा कम्पनीको सम्पूर्ण कार्य सम्पादन गरिएको सुनिश्चित गर्छन् । उनीहरुले कम्पनीको प्रबन्धपत्र नियमावली तथा विनियमहरुको कार्यान्वयनमा समेत निरन्तर निगरानी राख्छन् । नियामकीय प्रावधानहरुको पालना गरेर संभावित जोखिम र सञ्चालन जोखिम न्यून गर्ने महत्वपूर्ण जिम्मेवारी परिपालन अधिकृतको हुन्छ । कम्पनीलाई नियामकीय कारवाहीमा पर्न नदिनका लागि नियामकीय प्रावधान तथा विद्यमान ऐन कानूनको पूर्ण परिपालनामार्फत् काम भए नभएको सुनिश्चित गर्ने जिम्मेवारी परिपालन अधिकृतको हुन्छ।

Prabhu
Crest

संस्थागत सुशासनको दफा २३  अन्तर्गतको प्रावधानहरुः

१) बीमकले यो निर्देशिका लागी भएको तीन महिनाभित्र बीमा  व्यवसा्थपन वाणिज्य वा कानून विषयमा स्नातक वा सो सरह उपाधी प्राप्त व्यवस्थापक तहका अधिकृत कर्मचारीमध्ये परिपालन अधिकृत तोक्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम तोकिएको परिपालन अधिकृतले देहायका विषयहरु बीमकबाट आवधिकरुपमा पालना नभएको सुनिश्चित गर्नुपर्छः

(क) ऐन तथा नियमावली, बीमा सिमितबाट समय समयमा जारी भएको निर्देशिका निर्देशन मार्गदर्शन अनुरुप गर्नुपर्ने कुरा,
(ख) बीमा सिमितले इजाजत पत्र जारी गर्दाका बखत तोकेका शर्तहरु,
(ग) बीमा समितिले बीमकको नियमन निरिक्षण वा सुपरिवेक्षण गर्दा बीमकलाई दिइएको निर्देशन ।

(३) उपदफा (२) मा उल्लेखित विषषयका सम्बन्धमा सम्बन्धित बीमकबाट भए वा नभएको बारेमा त्रैमासिक प्रतिवेदन तयारी गरी त्रैमासिक अवधि समाप्त भएको १५ दिनभित्र बीमा समिति समक्ष पेश गर्नुपर्नेछ। ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) मा उल्लेखित विषयका सम्बन्धमा सम्बन्धित बीमकबाट पालना भए वा नभएको सम्बन्धमा बीमा समितिले जुनसुकै बखत आवधिक विवरण उपदफा (१) बमोजिम तोकिएको परिपालन अधिकृतबाट माग गर्न सक्नेछ ।

(५) उपदफा (३) तथा (४) बमोजिम पेश भएको विवरणको सत्यता तथा प्रमाणिकताका लागि सम्बन्धित परिपालन अधिकृत जिम्मेवार हुनेछ।

(६) निर्देशिकामा लेखिएको कुनै पनि कुराले उपदफा (२) मा उल्लेखित विषयहरु आवधिकरुपम पालना गर्नुपर्ने कुराबाट बीमक बीमकको सञ्चालक समिति र कार्यकारी प्रमुखले छुट पाएको मानिने छैन ।

यसैगरी सम्पत्ती शुद्धिकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ को दफा १५(२) बमोजिम व्यवस्थापन स्तरको कार्यान्वयन अधिकारी नियुक्त गर्नुपर्ने प्रावधान छ। सुशासन निर्देशन र सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धी निर्देशनमा परिपालन अधिकृत र व्यवस्थापन स्तरको परिपालन अधिकारी नियुक्त गर्नुपर्ने प्रावधान बमोजिम बेग्ला बेग्लै व्यक्तिलाई जिम्मेवारी दिई १ महिनाभित्र प्राधिकरणलाई जानकारी गराउन चैत्र २० गते परिपत्रमार्फत् निर्देशन दिएको छ।

सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धी निर्देशनमा भएका प्रमुख प्रावधानहरुः

आन्तरिक नीति तथा कार्यविधि

कर्मचारीको आन्तरिक जिम्मेवारी तथा कार्य विभाजन, जोखिम मुल्यांकन प्रणालीको आधार तथा पद्दती, जोखिममा आधारित ग्राहक पहिचान, अद्यावधिक तथा अनुगमन प्रणाली, अस्वभाविक तथा शंकास्पद कारोबारको पहिचान गर्ने पद्दती समावेश गरी बीमकले आन्तरिक नीति तथा कार्यविधि तयार गर्नुपर्ने ।

ग्राहक पहिचान तथा सम्पुष्टि

बीमकले ग्राहकको पहिचान तथा सो को सम्पुष्टि गर्दा बीमित र प्रस्तावकको औंठा छाप (ल्याप्च) लिनुपर्ने साथै बीमित र अभिकर्ता बाहेक अन्य कुनै व्यक्तिले बीमितको नाममा नेपालस्थित कार्यालयमा एकलाख रुपैयाँभन्दा बढी बीमाशुल्क वा अन्य नगद रकम जम्मा गर्न आएमा त्यसरी रकम जम्मा गर्न आउने व्यक्तिको नाम, थर, सम्पर्क नम्बर वा ठेगाना र ग्राहकसँगको सम्बन्ध खुलाउने विवरण लिनुपर्ने । ग्राहक पहिचानको सिलसिलामा ल्याप्चे सहीछाप लिंदा प्राकृतिक व्यक्तिको हकमा बीमित व्यक्ति र प्रस्तावक फरक भएमा प्रस्तावकको समेतको लिनुपर्ने तर नाबालिगको हकमा प्रस्तावकको मात्र ल्याप्चे सहिछाप लिए पुग्ने भएको छ ।

उच्च पदस्थ व्यक्तिको पहिचान

बीमकले बीमालेख जारी गर्दा, बीमालेख धितो राखी ऋण प्रदान गर्दा, बीमालेख समर्पण गर्दा वा बीमालेख अन्तर्गत अन्य कुनै पनि प्रकारले भुक्तानी गर्दा उच्च पदस्थ व्यक्ति पहिचान हुने संयन्त्र बनाइ लागू गर्नु पर्दछ । उच्च पदस्थ व्यक्ति वा निजको परिवार तथा सम्बद्ध व्यक्तिको सूचीको अभिलेख त्यस्तो व्यक्ति अवकाश भएको, निजको बीमा अवधि समाप्त भएको मितिले पाँच वर्षसम्म राख्नु पर्नेछ ।

वास्तविक धनी पहिचान
बीमकले वास्तविक धनी पहिचान गर्दा वास्तविक धनी पहिचान गर्ने माध्यम तयार गरि वास्तविक धनी र निजसँग सम्बन्धित सम्पूर्ण कारोबारको एकीकृत रूपमा अनुगमन गर्ने संयन्त्र तयार गरि लागु गर्नुपर्छ । साथै बीमकले वास्तविक धनी वा निजको परिवार तथा सम्बद्ध व्यक्तिको सूचीको अभिलेख त्यस्तो व्यक्तिको बीमा अवधि समाप्त भएको मितिले पाँच वर्षसम्म राख्नु पर्छ ।

जोखिम व्यवस्थापन र मूल्याङ्कन

बीमकले जोखिमको पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्दा राष्ट्रिय तथा क्षेत्रगत जोखिम मूल्याङ्कन सम्बन्धी प्रतिवेदन, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धमा कुनै प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययन तथा अनुसन्धानको प्रतिवेदन, व्यवसायिक सम्बन्धको प्रकृति, उद्देश्य र अवधि जस्ता कुराहरुलाई आधार मानी गर्नुपर्छ।

बृहद ग्राहक पहिचान र सरलिकृत ग्राहक पहिचान
बीमकले विद्युतीय माध्मबाट व्यवसायीक सम्बन्ध कायम गर्ने वा कारोबार गर्ने ग्राहक, उच्च जोखिम देखिएको ग्राहक, उच्च नेटवर्थ भएका ग्राहक, कुनै कसुरजन्य वा शंकास्पद कार्यमा संलग्न हुन सक्ने आधार देखिएका ग्राहक, नगदको बढी प्रयोग हुने व्यवसायमा संलग्न ग्राहकको बृहत ग्राहक पहिचान गर्नुपर्छ ।

साथै बीमकले एकल बीमाशुल्क वा त्यस्तै प्रकृतिको अन्य बीमालेख वा पचासलाख रुपैयाँ भन्दा बढी बीमाङ्क भएको बचत प्रकृतिको बीमालेख वा विदेशबाट बीमाशुल्क भुक्तानी हुने बीमालेख जारी गर्दा अतिरिक्त उपाय अवलम्बन गर्नुपर्छ । विद्यमान ग्राहक तथा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि समय सापेक्ष रुपमा अद्यावधिक गर्नुपर्छ ।

सीमा कारोबार सम्बन्धी प्रतिवेदन

एक वर्षमा तीन लाख रुपैयाँ वा सो भन्दा बढी रकम बीमाशुल्क तिर्नुपर्ने गरी कुनै बीमितले निर्र्जीवन बीमालेख खरिद गरेमा वा एक वर्षमा एक लाख वा सो भन्दा बढी रकम बीमाशुल्क जम्मा गर्ने जीवन बीमालेख खरिद गरेमा बीमकले वित्तीय जानकारी इकाईमा तोकिएको ढाँचामा जानकारी पेश गर्नुपर्छ ।  बीमकले एकल बीमाशुल्क भूक्तानी तथा १० लाख भन्दा माथिको समर्पण मूल्य वा ऋण भुक्तानी गर्दा विशेष ध्यान दिने प्रणालीको विकास गरी लागू गर्नुपर्छ ।

शंकास्पद कारोबारको प्रतिवेदन

बीमकले ग्राहक, कारोबार वा सम्पत्तिको सम्बन्धमा शंकास्पद गतिविधि देखिएमा वा ग्राहकले शंकास्पद गतिविधि गर्ने प्रयास गरेमा तीन दिन भित्र वित्तीय जानकारी इकाईलाइ शंकास्पद कारोबारको विवरण तोकिएको ढाँचामा पेश गनुपर्ने व्यवस्था छ ।

आन्तरिक नियन्त्रण प्रणाली

ऐन, नियमावली र यो निर्देशन बमोजिम बीमकले पूरा गर्नुपर्ने दायित्व प्रभावकारी रुपमा पूरा गर्न, गराउन आवश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति, साधन स्रोत समेतको समुचित व्यवस्था मिलाउनको लागि बीमकको संचालक समिति जिम्मेवार हुनुपर्छ ।

बैैकिङ र डिजिटल कारोबार

एक लाख वा सोभन्दा माथि बीमाशुल्कको भुक्तानी लिंदा बैंकिङ्ग उपकरण वा पोस मेशिनमार्फत भुक्तानी लिने व्यवस्था प्रयोग गर्नुपर्नेछ । बीमकले सबै प्रकारको बीमाशुल्क वापतको रकम यस्ता मेशिन मार्फत भुक्तानी लिने व्यवस्था गर्दै जानुपर्नेछ । बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा भुक्तानीमा अनिवार्य रूपमा भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामार्फत भुक्तानी गर्नुपर्ने ब्यवस्था गरिएको छ ।

कारवाही

ऐन, नियमावली र यस निर्देशनको व्यवस्थाको प्रभावकारी कार्यान्वयन नगर्ने बीमक र त्यस्तो बीमकको कर्मचारी तथा पदाधिकारीलाई बीमकले बीमकको आर्थिक तथा सांगठनिक अवस्था, पालनाका लागि भएका प्रयास र कसुरको गाम्भिर्यता समेतको विचार गरी प्रभावकारी, आनुपातिक र निरोधात्मक हुने गरी एक करोडसम्म कारवाही हुनसक्ने व्यवस्था गरिएको छ ।

बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बीमा कम्पनीहरुमा परिपालन अधिकारी र कार्यान्वयन अधिकारीको जिम्मेवारी बेग्लाबेग्लै कर्मचारी दिनु भनेर भर्खरमात्रै निर्देशन दिएको बताए। ‘एक हप्तामात्रै भयो होला प्राधिकरणले निर्देशन दिएको, त्यसैले यो कार्यान्वयनकै चरणमा छ’, उनले भने।

केही कम्पनीहरुले पहिलेदेखि नै यी दुवै अधिकारीको जिम्मेवार फरक–फरक कर्मचारी दिएर सोहीबमोजिम रिपोर्टिङ गर्दै आएको पनि निर्देशक लालले जानकारी दिए। ‘अहिले सबै कम्पनीलाई फरक–फरक व्यक्तिलाई परिपालन र कार्यान्वयन अधिकारी जिम्मेवारी दिनु भनेर प्राधिकरणले निर्देशन दिएको छ’, उनले भने, ‘सबै कम्पनीले छिट्टै यो व्यवस्था कार्यान्वयन गर्छन् होला।’

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS