IME Life
Beema Board

डिब्यानले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको बिजेता घोषणा

SPIL
NIC ASIA

काठमाडौं । विश्व वित्तिय सप्ताह २०२४ को उपलक्ष्यमा धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान) ले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको बिजेताको घोषणा भएको छ । २०८० फाल्गुण ३० गते एक सूचनामार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो । प्रतियोगितामा सहभागिताको अन्तिम दिन २०८० चैत्र ०७ गते साँझ ०५ बजे भित्र देशभरीबाट निबन्ध पठाई सहभागि भएका तथा प्रतियोगिताको नियम बमोजिम सामेल भएका ३२ जना प्रतियोगिहरुबाट बिजेता छनौट गरिएको हो ।

“Initiatives in fostering financial literacy in Capital Market of Nepal” विषयमा आयोजित सो निबन्ध प्रतियोगितामा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट किर्तिपुरमा अध्ययनरत विद्यार्थी कल्पना राजवंशी प्रथम भएकाी छिन् । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट ललितपुरमा अध्ययनरत विद्यार्थी प्रज्वल विक्रम थापा द्वितीय भएका छन् । मानसरोवर बहुमुखी क्याम्पस, हुम्लामा अध्ययनरत विद्यार्थी प्रदिप घर्ति क्षेत्री तेश्रो भएका छन् । प्रतियोगितामा विजेता हुने मध्ये प्रथमले रु. ५० हजार, द्वितीयले रु. २५ हजार र तृतीयले रु. १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Prabhu
Crest

धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले प्राप्त निबन्धहरुको अध्ययन तथा विजेता छनौट गर्नका लागि हरिप्रसाद वाग्ले, विष्ण कुमार गिरी र सन्दिप राणा सहित गठन गरेको ३ सदस्यीय मुल्यांकन समितिले प्राप्त निबेदनहरुउपर विषयवस्तुको प्रस्तुति, त्यसको ब्याख्या, भाषा र विषयवस्तुको कभरेजको आधारमा मुल्यांकन गरी बिजेताको छनौट गरेको हो ।

विश्व वित्तिय सप्ताह किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले विश्व व्यापीरुपमा बर्षेनी मनाइने अभियान हो । विजेताहरुलाई धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले एक कार्यक्रम आयोजना गरी पुरस्कार रकम हस्तान्तरण गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS