IME Life

अर्थमन्त्रीको निर्देशनपछि आइपीओलाई अनुमति दिने तयारीमा धितोपत्र बोर्ड, सञ्चालक समितिले निर्णय गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासन अनुमति दिने प्रक्रिया लामो समयपछि खुला गर्ने तयारी गरिरहेको छ। धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा लामो समयदेखि आइपीओ, हकप्रद र एफपीओको निष्कासन दिने प्रक्रिया रोकिएको छ।

धितोपत्र बोर्डको सञ्चालक समितिका सदस्य सुरकृष्ण वैद्यले अर्थमन्त्री वर्षमान पुनबाटै आइपीओ निष्कासन अनुमति दिन निर्देशन भएकोले अब यो प्रक्रिया खुल्ने बताए। ‘अर्थमन्त्रीबाट निर्देशन भएपछि धितोपत्र बोर्डलाई आइपीओ अनुमति दिन बाटो खुलेको छ’, उनले भने, ‘हामी पनि लामो समयसम्म आइपीओ अनुमति रोक्न हुन्न भन्ने पक्षमा थियौँ। अब सञ्चालक समितिको बैठकबाट आइपीओलाई अनुमति दिने विषयमा निर्णय होला।’

Prabhu
Crest

धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक अब १–२ दिनमा बस्ने पनि वैद्यले जानकारी दिए। ‘सोही बैठकबाट आइपीओ निष्कासनको अनुमति दिने निर्णय हुन सक्छ’, उनले भने।

हाललाई सबै मापदण्ड पूरा गरेका कम्पनीहरुलाई अंकित मूल्य १०० रुपैयाँमै आइपीओ ल्याउन अनुमति दिने धितोपत्र बोर्डले तयारी गरिरहेको छ। ‘अहिले कैफियत देखिएकाबाहेक अन्य सबै मापदण्ड पूरा गरेका कम्पनीहरुलाई आइपीओ खुलाउने भन्ने विषयमा सबै एकमत छौँ’, धितोपत्र बोर्डका एक उच्च अधिकारीले भने, ‘सम्भवतः सञ्चालक समितिको बैठकले पनि यही निर्णय गर्ला।’

हाल धितोपत्र बोर्डको पाइपलाइनमा ३५ वटा कम्पनीको आइपीओ निष्कासन अनुमति पर्खाइमा छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS