IME Life
Beema Board

अब लुम्बिनी प्रदेशमा पनि अभिकर्ताको अनलाइन परीक्षा हुने

SPIL
NIC ASIA

काठमाडौं । पहिलोपटक लुम्बिनी प्रदेशमा पनि जीवन बीमा अभिकर्ताको लाइसेन्स वितरण गर्न अनलाइन परीक्षा हुने भएको छ। नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले एक सूचना प्रकाशित गरी अभिकर्ताको लाइसेन्स वितरण गर्न अनलाइन परीक्षा सञ्चालन गर्न लागिएको जानकारी गराएको हो। अनलाइन परीक्षा चैत २० गते मंगलबार विहान ११ बजेबाट दिउँसो १२ः३० सम्म सञ्चालन हुनेछ। परीक्षामा देशभरका परीक्षार्थी सहभागी हुन पाउनेछन्।

काठमाडौंबाहिर तेस्रो स्थान लुम्बिनी प्रदेश कार्यालयबाट अभिकर्ता अनलाइन परीक्षा हुने भएको हो। यसअघि बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय विराटनगर र गण्डकी प्रदेशले अभिकर्ताको लाइसेन्स वितरण गर्न अनलाइन परीक्षा सञ्चालन गरेको थियो।

Prabhu
Crest

बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ता ९अभिकर्ता०हरुको परीक्षा लिएरमात्रै इजाजतपत्र दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा प्राधिकरणको कोशी प्रदेशले सञ्चालन गर्न लागेको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS