IME Life
Beema Board

भरतपुर महानगरद्वारा राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई स्वागत तथा सम्मान

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिका कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ । मंगलबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच अध्यक्ष दाहाललाई स्वागत तथा सम्मान गरिएको हो ।

फागुन २९ गते उहाँ राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएसँगै पहिलो पटक गृह जिल्ला चितवन आइपुग्नु भएको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई उचो पार्ने गरी काम गर्ने उल्लेख गरिन् ।

Prabhu
Crest

संघ, प्रदेश र स्थानीय तहलाई आवश्यक कानुन निर्माण गर्न राष्ट्रिय सभाको अध्यक्षको हैसियतले पुलको भूमिका निर्वाह गर्ने उल्लेख गरिन् । ‘अहिले संविधान कार्यन्वनको चरणमा छ,उनले भनिन,महत्वपूर्ण ऐन, कानुनहरु निर्माण हुन बाँकी छन् । ऐन कानुनहरु नबन्दा काम गर्नलाई गारो भइरहेको छ । निजामति ऐन, प्रहरी समायोजन ऐन तथा टिआरसी सम्बन्धी कानुन छिटो निर्माण गर्न जरुरी रहेको छ ।’

अध्यक्ष दाहालले राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएसँगै देश निर्माणको अभियानमा बढ्न थप जिम्मेवार बन्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।

यस्तै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरले सम्माननीय प्रधान्त्रीमन्त्री, राष्ट्रिय सभाको अध्यक्ष र माननीय उपप्रधान तथा गृहमन्त्री पाउनु आफैमा गर्वको विषय भएको बताइन् ।

ईतिहासमा यस्तो अवसर विरलै मात्रमा पाइने भएकाले यो अवसर र चुनौती दुबै भएको उनको भनाई थियो । प्रमुख दाहालले राष्ट्रिय सभा अध्यक्षले संविधानको रक्षा, यसको सही कार्यन्वन र जनताको पक्ष राम्रोभन्दा राम्रो काम गर्न शुभकामना व्यक्त गरिन् ।

उनले हिजोका दिनमा स्थानीय तहमा देखिएको ऐन कानुन सम्बन्धी कठिनाईलाई पन्छयाउनलाई समान्वत्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिन् । चितवन जिल्लालाई वैकल्पिक राजधानी बनाउन नसकिएपनि आर्थिक राजधानीको रुपमा विकास गर्न सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको उनले बताइन् ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली काँग्रेस चितवनका अध्यक्ष राजेश्वर खनाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS