IME Life

यी हुन् विश्वका सबैभन्दा शक्तिशाली मुद्रा, कुन–कुन देशको ?

SPIL
NIC ASIA

काठमाडौं । तपाइँले सोचिरहनुभएको होला कि मुद्रा कसरी शक्तिशाली हुन्छ ? यो यसको क्रयशक्ति हो, जब अन्य मुद्रा साट्न र सामान तथा सेवाका लागि प्रयोग गरिन्छ। आज संसारमा १८० मुद्राले आधिकारिक रुपमा कारोबार संयुक्त राष्ट्रबाट मान्यता प्राप्त गरेका छन्। मुद्राको शक्ति निर्धारण गर्दा यसको मूल्य निर्धारण गर्न स्थानीय र अन्तर्राष्ट्रिय कारक समावेश हुन्छन्। यी कारक ‘आपूर्ति’ र ‘माग’ मुद्रास्फीति दर, विनिमय दर, घरेलु आर्थिक वृद्धि र सम्बन्धित राष्ट्रको केन्द्रीय वा शीर्ष बैंकद्वारा लागू गरिएका नीति समावेश हुन्छन्।

अमेरिकी डलर

Prabhu
Crest

अमेरिकी डलर विश्वव्यापी रुपमा सबैभन्दा बढी व्यापार हुने मुद्रा हो। यो सन् १७०० मा अमेरिका र अन्य क्षेत्रमा लिगल टेन्डरका रुपमा सिर्जना गरिएको थियो। संयुक्त राज्य अमेरिका कुल गार्हस्थ उत्पादन (जीडीपी)का आधारमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो। अन्य सबै मुद्रा अमेरिकी डलरभन्दा कम मूल्यवान छन्।

युरो

युरो युरोपेली संघको १९ सदस्य राष्ट्रको आधिकारिक मुद्रा हो। यो विश्वमा दोस्रो सबैभन्दा धेरै व्यापार हुने मुद्रा हो र दोस्रो ठूलो रिजर्भ मुद्रा हो। सन् १९९९ मा युरो एक गैरनगद मौद्रिक इकाइका रुपमा पेस गरिएको थियो। जनवरी १, २००२ सम्म दुवै मुद्रा नोट र सिक्का सहभागी देशमा पेस गरियो थियो। फेब्रुअरी २८, २००२ बाट सदस्य राष्ट्रको एकमात्र मुद्रा बन्यो। जसमध्ये तिनीहरुको सम्बन्धित राष्ट्रिय मुद्रा लिगल टेन्डर हुन छाडे।

स्विस फ्रयांक

स्विस फ्रयांक स्विट्जरल्यान्ड र लिक्टेनस्टीनको आधिकारिक मुद्रा हो। विश्वको सबैभन्दा बलियो मुद्राका रुपमा १ अमेरिकी डलर अहिले ०.८७ स्विस फ्रयांकबराबर छ। यो मुद्रा मे १८५० मा पेस गरिएको थियो। स्विट्जरल्यान्डमा लागू गरिएको शून्य मुद्रास्फीति नीतिले स्विस फ्रयांकलाई शक्तिशाली र स्थिर मुद्रा बनायो।

केम्यान आइल्यान्ड डलर

सन् १९७२ मा केम्यान आइल्यान्ड डलरको आगमन हुनुअघि केम्यान टापुले आधिकारिक रुपमा जमैकन डलर प्रयोग गरिरहेको थियो। अमेरिकाको १ डलर केम्यान आइल्यान्ड डलरको ०.८३ बराबर हुन्छ। मुद्रा अमेरिकी डलरसँग राखिएको एक निश्चित विनिमय दरमा निर्भर गर्दछ।

जिब्राल्टर पाउन्ड

जिब्राल्टर पाउन्ड जिब्राल्टरको आधिकारिक मुद्रा हो र यो ब्रिटिस पाउन्ड स्टर्लिङसँग जोडिएको छ। अमेरिकी १ डलर ०.७८ जिब्राल्टर पाउन्डबराबर हुन्छ। यो मुद्रा पहिलोपटक सन् १९२० मा पेस गरिएको थियो तर जिब्राल्टरद्वारा नोट छाप्ने अधिकार रद्द गरिएको मुद्रा नोट ऐन १९३४ पछि सुरु भयो। जिब्राल्टर पाउन्डहरु पाउन्ड स्टर्लिङमा मूल्यवान छन् तर युनाइटेड किंगडममा कानुनी टेन्डर होइन। जे भए पनि यो विश्वव्यापी रुपमा बलियो मुद्राहरुमध्ये एक हो।

ब्रिटिस पाउन्ड

ब्रिटिस पाउण्ड ग्रेट ब्रिटेनको आधिकारिक मुद्रा हो। बेलायतको व्यापारिक गतिविधिको समृद्धिले पाउन्डलाई विश्वव्यापी वित्तमा महत्वपूर्ण स्थान बनायो। अमेरिकी १ डलर ०.७८ ब्रिटिस पाउन्डबराबर हुन्छ। विश्व बैंकका अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आधारमा बेलायत छैटौँ ठूलो देश हो। पाउन्डले वर्षौंमा धेरै परिवर्तनहरु पार गरेको छ। यो पहिलोपटक सन् १४८९ मा देखा पर्यो र सन् १६९४ मा बैंक अफ इंग्ल्यान्डको स्थापना भएपछि इंग्ल्यान्डमा प्रसारित हुन थाल्यो तर नोटहरु हस्तलिखित थिए।

जोर्डन दिनार

जोर्डन दिनारले प्यालेस्टिनी पाउन्डलाई प्रतिस्थापन गरेपछि सन् १९५० देखि जोर्डनको आधिकारिक मुद्रा भएको हो। मुद्राको मूल्य जोर्डनको विनिमय दर र आर्थिक विविधताले बलियो बनाइएको छ। एक अमेरिकी डलर जोर्डन दिनारको ०.७१ बराबर हुन्छ।

ओमानी रियाल

ओमानले भारतीय रुपैयाँलाई आफ्नो आधिकारिक मुद्राका रुपमा प्रयोग गर्न बन्द गरेपछि ओमानी रियाल लागू भएको थियो। मुद्रा संसारमा तेस्रो बलियो र सबैभन्दा मूल्यवान छ। १ अमेरिकी डलरबराबर ओमानी रियाल ०.३८ हुन्छ । यो मुद्रा सन् १९७० मा पेस गरिएको थियो। ओमान अरब प्रायद्वीपको टुप्पोमा संयुक्त अरब इमिरेट्स र यमनको बीचमा अवस्थित छ।

बहराइन दिनार

बहराइन दिनार अरबी खाडीमा रहेको टापु राष्ट्र बहराइनको आधिकारिक मुद्रा हो। यो मुद्रा अमेरिकी डलरसँग पेग्ड गरिएको छ तर बहराइनका लागिमात्र। यो संसारको दोस्रो बलियो मुद्रा हो। १ अमेरिकी डलर बहराइन दिनार ०.३८ बराबर हुन्छ। यो सन् १९६५ मा चलचल्तीम ल्याइएको थियो।

कुवेती दिनार

कुवेती दिनार संसारको सबैभन्दा उच्च मूल्यवान मुद्रा हो। कुवेतको आर्थिक स्थायित्वले तेलको भण्डार र करमुक्त प्रणालीले मुद्रालाई विश्वको सबैभन्दा मूल्यवान मुद्राका रुपमा निरन्तरता दिएको छ। कुवेती दिनार सन् १९६० मा पेस गरिएको थियो। प्रारम्भिक दिनहरुमा यो मुद्रा ब्रिटिस पाउन्डसँग पेग्ड गरिएको थियो। एक अमेरिकी डलर कुवेती दिनारको ०.३१ बराबर हो। कुवेत साउदी अरब र इराकको बीचमा छ। यो देशको धेरैजसो सम्पत्ति तेलको निर्यातकर्ता हो। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS