IME Life
Beema Board

इन्साइडर ट्रेडिङः सम्पत्ति शुद्धीकरण मुद्दामा गुरु न्यौपाने दोषी ठहर

SPIL
NIC ASIA

काठमाडौं । विशेष अदालतले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ।

शेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरी गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको अभियोगमा न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो। सोही मुद्दामा मंगलबार सुनुवाइ गर्दै विशेष अदालतका न्यायाधीशत्रय रामबहादुर थापा, टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले न्यौपानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो। सजाय भने निर्धारण हुन बाँकी छ।

Prabhu
Crest

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले न्यौपानेविरुद्ध विशेष अदालतमा गत कात्तिक २३ गते सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको हो। न्यौपानेले १ करोड ९९ करोड लाख १० हजार २५२ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको विभागले दाबी गरेको छ। सोही रकम बिगो कायम गरी बिगोको दोब्बर जरिवाना गर्न विभागले माग गरेको छ।

विभागले कसुरको मात्राअनुसार कैद सजाय गरी पाउन र सम्पत्ति शुद्धीकरण गरी निःसर्ग गरेको १ करोड १९ लाख १० हजार २५२ रुपैयाँबराबरको सम्पत्ति अनुसन्धानका क्रममा रोक्का राखिएको सम्पत्तिमध्येबाट जफत गर्न माग गरेको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा प्रारम्भिक जाँचबुझ तथा अनुसन्धान हुँदा रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष न्यौपानेले उक्त कम्पनीको शेयर आफू पदमा बहाल रहेकै बेला २०७७ साल चैत १९ गतेदेखि २०७८ साल साउन २४ गतेसम्म खरिदबिक्री गरेको पाइएको विभागले जनाएको छ।

विभागले रिडी पावरका सीईओ कुबेरमणि नेपालविरुद्ध पनि मुद्दा दाय गरेको छ। उनीमाथि न्यौपानेलाई शेयरको भित्री कारोबारका लागि सहजीकरण गरिदिएको विभागको दाबी छ। नेपाललाई न्यौपानेलाई हुने सजायको आधा सजाय गर्न विभागले माग गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS