IME Life

आठ महिनामा भित्रिए साढे ६ हजार विद्युतीय गाडी, रु. १५.८१ अर्ब बाहिरियो

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म साढे ६ हजार वटा विद्युतीय सवारीसाधन (जिप, कार र भ्यान) नेपाल भित्रिएका छन्। यो संख्या हालसम्मकै उच्च हो।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा ६ हजार ४३५ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्। अघिल्लो वर्ष यही अवधिसम्म ४ हजार ५० वटा विद्युतीय सवारीसाधन भित्रिएका थिए। जुन हालसम्मकै उच्च थियो।

Prabhu
Crest

यो ८ महिनामा विद्युतीय सवारीसाधन भित्रिँदा नेपालबाट १५ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बाहिरिएको छ। यो अवधिमा सरकारले आयातित विद्युतीय सवारीसाधनबाट ६ अर्ब ९९ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

विभागअनुसार फागुनसम्म नेपालमा ५० किलोवाट क्षमताको २ हजार ७४६ वटा विद्युतीय गाडी भित्रिएका छन्। यसका लागि ५ अर्ब १० करोड ४६ लाख रुपैयाँ बाहिरिएको छ भने सरकारले १ अर्ब ५२ करोड १९ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ।

यसैगरी यो ८ महिनामा नेपालमा ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको ३ हजार ५९४ वटा विद्युतीय गाडी आयात भएको छ। यी गाडीका लागि १० अर्ब १८ करोड ५३ लाख रुपैयाँ बाहिरिएको छ भने सरकारले ४ अर्ब ९९ करोड ८८ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ।

फागुनसम्म नेपालमा १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको ३८ करोड ५० लाख रुपैयाँमा ७५ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मको १४ करोड ४८ लाख रुपैयाँमा २० वटा विद्युतीय गाडी आयात भएका छन्। यी क्षमताका आयातित गाडीबाट सरकारले क्रमशः २६ करोड ७८ लाख रुपैयाँ र २० करोड ३९ लाख रुपैयाँ राजस्व पाएको छ।

विभागका तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी विद्युतीय गाडी चीनबाट आयात हुने गरेको छ। यो ८ महिनामा चनिबाट नेपालमा ६ हजार बढी विद्युतीय गाडी आयात भएको छ।

यसैगरी भारतबाट २ हजार ३८० वटा, दक्षिण कोरियाबाट ४२ वटा, इन्डोनेसियाबाट ३४ वटा, जर्मनीबाट ७ वटा र अमेरिकाबाट ३ वटा विद्युतीय सवारीसाधन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS