IME Life
Beema Board

चैत १७ गतेदेखि लुम्बिनीमा विराट चक्र विज्ञान हुँदै, के हो यो विज्ञान ?

SPIL
NIC ASIA

काठमाडौं । विराट चक्र विज्ञान यही चैत १७ गतेबाट सुरु हुने भएको छ। रुपन्देहीको लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान कक्षमा यो चक्र विज्ञान चैत २३ गतेसम्म चल्नेछ।

चक्र विज्ञान के हो ?

Prabhu
Crest
  • जन्मसँगै हरेक व्यक्तिले जीवन ऊर्जा प्रवाहका केन्द्रहरु आफ्नो साथमा लिएर आएको हुन्छ।
  • मेरुदण्डको तल्लो भागबाट शिरको माथिल्लो भागसम्म रहेका सातवटा प्रमुख ऊर्जाका केन्द्रहरु नै चक्र हुन्।
  • योगक्रिया एवं ऊर्जाध्यानको माध्यमबाट चित्त शुद्ध गरी सुक्ष्म शरीरमा भएका चक्रहरुको जागरण गर्न सकिन्छ।
  • आफूभित्र रहेको ऊर्जालाई चक्र साधनाको माध्यमबाट सक्रिय गर्दै, प्राप्त ऊर्जा आफ्नो इच्छा अनुरूप प्रयोग गरी जीवनमा सुख, शान्ति र समृद्धि हासिल गर्ने सकिन्छ।
  • मानव जीवनमा स्वास्थ्य, सुख, साहस, प्रेम, ज्ञान, ध्यान र परम आनन्दको मूल श्रोत चक्रहरु नै हुन्।
  • यदि चक्रहरु निष्क्रिय र दुर्बल भएमा व्यक्ति दुःख, रोग, तनाव, चिन्ता, निराशा, ढेर, अशान्ति, कठोरता एवं नकारात्मकताको सिकार हुन्छ।
  • यी चक्रहरु जति सक्रिय र सबल हुन्छन् त्यति बराबर मात्र मानिस सक्रिय र सबल हुने भएकाले यीनलाई जगाउने वा सक्रिय गराउँने सात दिनको अत्यन्तै वैज्ञानिक र प्रयोगात्मक ध्यानको प्रणालीलाई चक्र विज्ञान भनिन्छ।

चक्र विज्ञानमा सहभागी हुँदा व्यक्तिमा के रुपान्तरण आउँछ ?

  • ध्यान र योगका विशिष्ट प्रयोगहरुद्वारा शरीर स्वस्थ, सक्रिय र ऊर्जावान बन्दछ।
  • मनमा प्रसन्नता र सकारात्मकता बढ्नाले तनाव न्यून भई उच्चतम खुशीको अनुभव हुन्छ।
  • आत्मविश्वास आँट, जोश, जाँगर बढ्न गई व्यक्ति साहसी र पुरुषार्थी बन्छ।
  • दया, प्रेम र करुणाको भाव वृद्धिसँगै अरुप्रति सम्मान र सहकार्य गर्ने क्षमताको विकास हुन्छ।
  • स्मरण शक्तिमा वृद्धि, सोचमा सकारात्मकता, बोलीमा माधुर्यता, सिर्जनशीलता र प्रज्ञा बढ्छ।
  • बोली र व्यवहारमा एकरुपता, संकल्प र निर्णय शक्तिको विकास एवं लक्ष्यमा स्पष्टता आउँछ।
  • विवेकको जागरण, परमशान्ति र आनन्दको अभ्युदय हुन्छ।
Birat Chakra Vigyan

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS