IME Life
Beema Board

भारतको गोरखपुर जोड्ने प्रशारण लाइनका लागि एमसिसिले ठेक्का लगाउँदै

SPIL
NIC ASIA

काठमाडौं । अमेरिकी अनुदान सहयोगमा सञ्चालन भइरहेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)ले १८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइनका लागि बोलपत्र आह्वान गरेको छ ।

आयोजनाले ४०० केभी प्रसारण लाइनको डिजाइनका लागि शुक्रबार सार्वजनिक सूचना प्रकाशन गर्दै बोलपत्र आह्वान गरेको हो । निर्माण व्यवसायीले जेठ १७ गतेसम्ममा बोलपत्र दर्ता गर्न सक्नेछन् । यसअघि एमसीए–नेपालको ४०औँ बोर्ड बैठकले ३१५ किलोमिटर प्रसारण लाइनबाट १८ किलोमिटर खण्ड छुट्याएर फास्ट ट्रयाकबाट अगाडि बढाउने निर्णय गरेको थियो ।

Prabhu
Crest

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगमा निर्माण हुन लागेको प्रशारण लाइन अब चार खण्डमा निर्माण गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले यो खण्ड र बाँकी प्रसारण लाइन निर्माण गर्दा अन्तरदेशिय प्रशारण लाइन निर्माणमा ढिलाई हुने चिन्ता थियो। अब अन्तरदेशिय प्रसारण लाइनको निर्माण यथाशीघ्र सम्पन्न गर्न एमसीएले १८ किलोमिटर खण्ड छुट्टाछुट्टै कार्यान्वयन गर्ने निर्णय गरेको हो । भारतमा निर्माणाधीन प्रशारण लाइनमा जोड्न सन् २०२६ भित्र यसको निर्माण सम्पन्न गर्ने योजना छ ।

एमसीए नेपालले यसअघि ३१५ किलोमिटर प्रसारण लाइनका लागि तीन खण्डमा बोलपत्र आह्वान गरेको थियो। न्यूनतम प्रस्तावित रकम नै पूर्वानुमानित रकमभन्दा ६० प्रतिशत महँगो भएपछि ठेक्का प्रकृया नै रद्ध गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS