IME Life

के कर्मचारीलाई बिदाबाट वञ्चित गरिदिएर कार्यसम्पादन बढ्छ ?

SPIL
NIC ASIA

काठमाडौं । आफू जागिरे जीवन बिताई रहेको कार्यालयबाट निश्चित समयावधिमा पूर्वनिर्धारित योजना सहितलामो अवधिको बिदा लिनु जरुरी छ । आफ्नो हाकिमसँग बिदा माग्न तपाईंलाई कतिको सहज र अनुकूल महशुस हुन्छ ? बिदाको प्रस्ताव लिएर मानव संशाधन विभाग प्रमुख वा कार्यालय प्रमुख समक्ष उपस्थित हुनुभन्दा अघि बिदाको स्वीकृति अस्वीकृतिको संभावनालाई लिएर तपाईको मनमा कतिको छटपटी हुन्छ बिदा स्वीकृत भई हाल्नेछ भनेर ढुक्क हुन सक्ने र होला कि नहोला भन्दै घर परिवारसँग लामो बिदामा घुमघामका लागि गरेको बाचा अधुरै रहने पो हो कि भनेर निद्रा नै बिथोलिने गरेको छ ?

पछिल्लो समयको अध्ययनले के देखाएको छ भने कर्पोरेट संस्थामा निरकुंश नेतृत्व हाबी हुँदा कर्मचारीको सुखानुभूतीको स्तर ह्वात्तै घटेको हुन्छ, कार्यालयको भौतिक वातावरण र वित्तीय सेवा सुविधा र कार्य बोझ समान भएपनि निरकुंश नेतृत्वको गलत बोली बचन र व्यवहारले कर्मचारीमा मानसिक तनावको स्तर ह्वात्तै बढाई दिएको छ।

Prabhu
Crest

दिनहुँ एकै प्रकृतिको काम गर्दा गर्दा मान्छेको दिनचर्या कुनै उद्योगको मेशिन सरह हुन जान्छ। स्वचालित मेशिनरीहरुलाई समेत निश्चित समयावधिको अन्तरालमा सर्भिसिङ गर्नुपर्ने आवश्यक हुन्छ। अझ मान्छे संवेदनशील प्राणी भएकाले दैनिक कार्य तालिकाबाट उसलाई निश्चित समय अवधिको अन्तरालमा बिदा अत्यन्तै जरुरी हुन्छ ।

यदि तपाई पनि आफ्नो कार्यालयको काममा यति धेरै व्यस्त रहनु भएको छ कि बिदाको सदुपयोग गर्ने अवसर नै पाउनु भएको छैन वा लामो बिदालाई लिएर कार्यालयको हाकिमले पूर्व योजना बनाउने मौका नै छोडेको छैन भने यो तपाईको शारीरिक र मानसिक स्वास्थ्यका लागि एकदमै खतरनाक अवस्था हो । यस्तो अवस्थाबाट तपाईं गुज्रिँदा कम्पनीले भौतिकरुपमा अलि बढी समय र दिन कार्यालयमा तपाईको उपस्थिति दर्ज गरेपनि तपाईको कार्य सम्पादनमा हुने त्रुटी र कमजोर निर्णयका कारण कम्पनीले सिधा नोक्सानी व्यहोर्नु परेको हुन्छ । कार्य व्यस्तताका कारण तपाईंले बिदाको सदुपयोग गर्ने अवसर पाउनु भएको छैन भने यस्तो अवस्था भनेको स्वस्थ्य आहार खाने तर अस्वस्थ्य जीवनशैली अपनाउनु सरह हो ।

बिदा बस्नु किन जरुरी छ ?

बिदाले कुनै पनि कर्मचारी वा बोसलाई कार्य स्थलमा आफ्नो शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलनमा राख्नका लागि मद्दत गर्छ । यसले कर्मचारीको जागिर र पारिवारिक जीवन बिच सन्तुलन कायम राख्न मद्दत गर्छ । व्यस्त दिनचर्याबाट एउटा छोटो मुक्ति वा बिदाले तपाईको जीवनमा पुनर्ताजगी भरिदिन्छ ।

आफ्नो जिम्मेवारीको काम पुरा गरेर वा आफ्नो अनुपस्थितिमा सहकर्मीबाट सम्पन्न हुने गरी कामको जिम्मा लगाएर चिन्तामुक्त भएर घरपरिवार साथीभाई आफन्तजनसँग पारिवारिक माहौलमा समय बिताउँदा यसले तपाईको कृयाशिलता र निर्णय क्षमतालाई बढाउँछ ।

बिदा बस्दैमा जागिर जाला भन्ने चिन्ता मनमा पाल्नु हुँदैन । तपाईले भयरहित भएर जब बिदाको भरपुर सदुपयोग गर्न सक्नुहुन्छ त्यसपछि काममा फर्किंदा समेत तपाई मानसिकरुपमा एकदम तरोताजा अनुभूति गर्नुहुनेछ।

बिदा माग्न किन हुन्छ शंकोचः

के तपाई पनि त्यस्ता कर्मचारीहरुमध्ये हुनुहुन्छ ? जो आफ्नो हाकिमसँग बिदा माग्न शंकोच मान्ने गर्छ  वा तपाई त्यस्ता पीडित कर्मचारीमध्येमा पर्नुहुन्छ ? जसका लागि तिनको बोसले बिदा कुन चरी को नाम हो भन्ने वातावरण सिर्जना गरि दिएर कार्य स्थलमा मात्र नभएर घर परिवारमा समेत तनाव सिर्जना गरि दिएका छन् ?

यसको पछाडी तपाईलाई काममा आफू पछाडि परिएला कि साहूले जागिरबाट निकालि देला कि प्रोमोशन रोकिदेला कि भन्ने भयले काम गरेको हुनसक्छ । यसबाहेक कार्यालयमा सधैं उपस्थित भएर रेकर्ड दर्ज गर्ने भ्रम पालेकाहरुमा पनि बिदा बस्नका लागि हाकिमसँग स्वीकृत माग्ने हिम्मत हुँदैन वा प्रवृत्ती हुँदैन ।

शंकोच हटाउने उपायहरुः

भारतमा हालै एचआर सल्युशनले गरेको अध्ययन अनुसार ४० प्रतिशत भारतीय कर्मचारीहरु आफ्नो हाकिमसँग बिदा माग्नुमा गर्व महशुस गर्छन् । तर तपाईले यो पक्षमा ध्यान पुर्याउनु जरुरी छ कि बिदा बस्न पाउनु सबै कर्मचारीलाई श्रम ऐन २०७४ र नियमावली २०७५ ले कानूनीरुपमा नै दिएको अधिकार हो । संगठित संस्थामा कार्यरत जो जोकोही कर्मचारीले पनि संस्थाको आन्तरिक कर्मचारी प्रशासन विनियमावली बाहेक श्रम ऐन तथा नियमावलीमा तोकिए बमोजिमको बिदा सुविधा न्यूनत्तम सुविधारुपमा प्राप्त गर्छन् ।

बिदा माग्दा शंकोच मान्नुपर्दैन। तपाईको योग्यताको आधारमा र तपाईले विगतमा गरेको कामकै लागि तपाईलाई कार्यालयले कामको जिम्मेवारी दिएको हो । तलब, सुविधा दिएको हो । तपाईको नियुक्ति पत्र वा श्रम सम्झौतामा समेत प्रचलित कानून अन्तर्गतको सेवा सुविधा तथा बिदा सुविधा उपलब्ध गराइने भन्ने विषय सम्बोधन गरिएको हुन्छ, हुनुपर्छ।
हो तपाईले बिदा बस्नुपूर्व गरि सक्नुपर्ने आफ्नो जिम्मेवारीको महत्वपूर्ण कामहरु समय छँदै पुरा गर्नुहोस् । यसले तपाई बिदाबाट कार्यालयमा फर्किंदाको अवस्थामा कामको अनावश्यक बोझ थपिनेछैन । तपाई बिदामा रहँदाको समयमा कुनै काम आइपरेमा त्यसलाई सम्पन्न गर्ने गरी तपाईसँगै काम गर्ने सहकर्मीलाई कामको जिम्मा लगाउनुहोस् ।

बिदा बस्नु अघि आफ्नो सहकर्मी कर्मचारीलाई लिखित कार्य सूची तयार पारेर हस्तान्तरण गर्नुभयो भने झनै उत्तम हुनेछ ।

निश्चित समयावधिको अन्तरालमा लामो बिदा बस्नुको फाइदाहरु छन्ः

बिदा बस्नुले तपाईको व्यक्तिगत जीवन र जागिरे जीवनबीच सन्तुलन कायम राख्न मद्दत गर्छ । जागिरको काम जरुरी हुन्छ तर यति धेरै पनि होइन कि तपाईको स्वास्थ्यमै यसले असर पार्न थालोस् । तपाईको रक्तचाप वा मानसिक स्वास्थमा नै नकारात्मक प्रभाव पारिदेओस् ।

कार्यालयको कामबाट केही समय टाढा फरक वातावरणमा समय बिताउन पाउनु वा बिदा पाउनु हरेक कर्मचारीको हक हो । जब काममा तनाव बढ्छ, तब केही समयका लागि छुट्टी लिई हाल्नु उत्तम हुन्छ । यसले मानसिक तनावलाई मत्थर गरेर तपाईमा आवेग नियन्त्रण गर्ने, शान्त रहन सहयोग पुर्याउने र कार्यालयमा निर्णय गर्दा वा सहकर्मीसँग कुराकारीका क्रममा सालिनताका साथमा प्रस्तुत हुन तपाईलाई मानसिकरुपमा तयार हुने अवसर प्रदान गर्छ । रिचार्ज गरिदिन्छ।

कर्पोरेट वर्ल्डमा कर्मचारीहरु बिदा लिनुपूर्व १० पटक सोच्ने गर्छन्….. मैले बिदा बस्ने हो कि होइन ? बिदामा रहँदा कार्यालयको काम प्रभावित पो हुने हो कि…। जो कर्मचारी वा स्वयम् म्यानेजर वा बोस पनि वर्षमा एक दुई पटक लामो बिदा लिन्छन्, उनीहरु बिदा नलिने कर्मचारी म्यानेजर वा बोसको तुलनामा मानसिकरुपमा ज्यादा स्वस्थ्य र खुशी रहन्छन् । वर्षमा एक दुई पटक एक सप्ताह वा दश दिनको लामो बिदामा कुनै फरक भूगोल र वातावरणमा कामको तनावबाट मुक्त हुने गरी निस्किन मात्र सक्नु भयो भने पनि यसले तपाईको थुप्रै तनावहरुलाई समाप्त पारिदिनसक्छ।

स्वस्थ्य मुटुका लागिः

जागिरबाट बिदा लिएर घुमघाममा निस्किनु भयो भने तपाईको मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । विश्वविद्यालयहरुमा गरिएको अनुसन्धानले प्रमाणित गरेको छ कि जो कामबाट निश्चित अन्तरालमा बिदाको सदुपयोग गर्छन् उनीहरुमा अन्य व्यक्तिको तुलनामा हृदय रोग का कारण मृत्यु हुने जोखिम कम हुन्छ।

तनाव  नियन्त्रण हुन्छः

लगातार काम गर्दा मानसिक तनाव उत्कर्षमा पुगेको हुन्छ। यसैले तपाई आफूलाई स्वस्थ राख्न चाहनु हुन्छ भने निश्चित समय अन्तरालमा पूर्व योजनाका साथ बिदा लिनुहोस् घर परिवार साथीभाईको साथमा घुमघाम रमाइलो गर्नुहोस् । यसले तपाईको कोलेस्ट्रॉल र उच्च रक्तचापलाई समेत कम गर्न मद्दत गर्छ ।

मानसिक स्वस्थ्यताका लागि

लगातार काम गरि रहँदा स्नायु प्रणालीमा यसको नकारात्मक प्रभाव पर्न थाल्छ । यस्तो प्रभावले मस्तिष्कको सिर्जनशिलतालाई प्रवर्द्धन गरछ । तपाई पनि क्रिएटिभ हुन चाहनुहुन्छ र तपाईको बोस पनि अझै क्रिएटिभ बनुन् भन्ने चाहनुहुन्छ भने अबको पालो आफ्नो बिदाको प्रस्ताव लैजाँदा बोसलाई पनि कुनै उत्कृष्ट गन्तव्यमा बिदाका लागि जान सुझाव दिन नभुल्नुहोला किनकी तपाईले मात्र तरोताजा महशुस गर्नुभयो र तपाईको बोसको मस्तिष्क कामको तनावले भरिएर फोहोर थुपार्ने भाँडोको जस्तो भएको छ भने यो तपाई र तपाई कार्यरत कम्पनी दुबैका लागि उपयोगी हुनसक्दैन ।

निद्रामा सुधार

कार्यभार बढ्नाले निद्राको गुणस्तरियतामा समेत नकारात्मक प्रभाव पार्छ अर्थात् मस्त निद्रा नलाग्ने अवस्था हुन्छ। यदि तपाईलाई लागि रहेको छ की तपाईको कार्य बोझ बढ्दै गएको छ भने यस्तो अवस्थामा सबथोकलाई ब्रेक लगाएर केही दिनका लागि शयरमा निस्किनुहोस् । यसले तपाईको मुड फ्रेश हुनेछ, निद्रा पनि मस्त लाग्नेछ।

बीमा क्षेत्रमा पनि बिदालाई लिएर पछिल्लो समय व्यवस्थापन पक्ष अनुदार देखिन थालेको छ। समय अनुकुलको व्यापार रणनीति अपनाउन भएको चुक र बाह्य वातावरणका कारण व्यापार हुन नसकेको अवस्थालाई पुरै नजर अन्दाज गर्दै कर्मचारीलाई २४ सै घण्टा पशु सरह काममा खटाउने मानसिकताले गर्दा उत्पादकत्व झन् झन् खस्किंदै गएको गुनासो बीमा कम्पनीका उपशाखा देखि क्षेत्रिय प्रबन्धकसम्मले गरिरहेका छन्।

विगतमा उत्कृष्ट नतिजा दिई रहेकाहरु पनि पछिल्लो समय क्षण क्षणको रिपोर्टिङ गर्नुपर्ने तनावका कारण र कामबाट बिदा नै नपाइने अवस्थाका कारण कमजोर कार्य सम्पादनको शिकार भई रहेका छन् । कर्मचारीलाई काममा दलाएको दलाऐ गर्ने संस्थाले बिदाको सहज उपलब्धता भएको अवस्था र बिदामा कडि कडाउ गरिएपछि सम्बन्धित कर्मचारीको कार्य सम्पादनमा आएको गिरावटलाई तुलनात्मक अध्ययन गर्ने हो भने वास्तविकता बुझ्न र बिदाको महत्व थाहा पाउन उपयोगी हुन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

90%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

10%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS