IME Life
Beema Board

आइपीओ ल्याउने प्रस्ताव पारित सहित स्टार माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा काठमाडौंको दरबारमार्गस्थित कम्पनीको प्रादेशिक कार्यालयमा सम्पन्न भएको हो ।

सभाले सर्वसाधारणमा शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सभाले नियमावलीको नियम २९(२)मा संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट वा संशोधनका लागि निर्देशन भई आएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

Prabhu
Crest

कम्पनीको सञ्चालक समिति गठन गर्ने प्रस्ताव सभाले पारित गरेको छ । स्वतन्त्र सञ्चालकको नियुक्ति पनि सभाले स्वीकृत गरेको छ । सभामा सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९ ८० मा मुद्दती निक्षेपको ब्याज लगायतको आम्दानीबाट कूल ४४ लाख २ हजार ४ सय रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS