IME Life
Beema Board

नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न, आइपीओ ल्याउने प्रस्ताव पारित

SPIL
NIC ASIA

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा चितवनको भरतपुरस्थित महर्जन कम्प्लेक्समा रहेको कम्पनीको प्रधान कार्यालयमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनका साथै वासलात, नाफा, नोक्सान, हिसाव तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

Prabhu
Crest

सभामा कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण गर्न प्रियंका एण्ड एसोसिएटस्लाई नियुक्ति गर्ने निर्णय भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा आशिष श्रेष्ठ, तथा सदस्यहरुमा प्रबिना दाहाल, लतिका गोल्याण र सिद्धान्त झुनझुनवाला ४ वर्षका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरि स्वतन्त्र संचालकमा बद्री सिग्देललाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । सभाले किम्पनीको चुक्ता पूँजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर निष्काशन गर्ने सम्बन्धि निर्णय पारित गरेको छ । साथै सो सम्बन्धी सम्पूर्ण आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने निर्णय पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS