IME Life

एक महिनामा निर्जीवन बीमकको व्यवसाय करिब ३ अर्ब, १३ वटाले करोडमा व्यापार गर्दा एउटाको लाखमा खुम्चियो

SPIL
NIC ASIA

काठमाडौं । चालू आर्थिक वर्षको एक महिनामा निर्जीवन बीमा कम्पनीहरुले करिब ३ अर्ब कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले माघ महिनामा २ लाख ५० हजार ३० वटा बीमा पोलिसी बिक्री गरी २ अर्ब ९९ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

यस समीक्षा अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले ४४ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३२ करोड ४९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २९ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले २८ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २७ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्सले २६ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले २१ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी सानिमा जिआइसी इन्स्योरेन्सले १९ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले १९ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्सले १८ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल इन्स्योरेन्सले १२ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

प्रभु इन्स्योरेन्सले ११ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल  इन्स्योरेन्सले ७ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS