IME Life

कुमारी सबल योजनाका इकाइहरुमा खरिद आवेदन दिने आज अन्तिम

SPIL
NIC ASIA

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘कुमारी सबल योजना’का इकाइहरुमा खरिद आवेदन दिने आज फागुन १३ गते अन्तिम दिन रहेको छ। यो योजनाका इकाइहरु गत माघ २८ गतेबाट बिक्री खुला गरिएको थियो। यो योजनाका इकाइ खरिदका लागि आज बैंकिङ समयसम्म आवेदन दिन पाइने योजना व्यवस्थापक कुमारी क्यापिटलले जनाएको छ।

यस योजनाका प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्री खुला गरिएको छ। कुल इकाइमध्ये १ प्रतिशत अर्थात १० लाख इकाइ कुमारी क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्ध्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधरणलाई बिक्री खुला गरिएको छ। यस योजनामा न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

Prabhu
Crest

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाइ खरिद गर्न निवेदन प्राप्त भएमा इकाइको बाँडफाँड गर्न सकिनेछ। न्यूनतम संख्यामा इकाइ बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने जनाइएको छ।

यो योजनाको इकाइ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। यसमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS