IME Life
Beema Board

भैरहवामा लिबर्टी माइक्रो लाइफको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA

काठमाडौं । भैरहवामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । आज फागुन ८ गते कम्पनीले उक्त शाखा कार्यालयको उद्घाटन गरेको हो । सो नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय प्रमुख पूर्णबहादुर थापा र कम्पनीका सिइओ प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवले संयुक्त रुपमा गरेका हुन् ।

कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा दुर्गम ठाउँहरुमा आफ्नो कार्यालय विस्तार गर्दै आइरहेको छ । आगामी दिनमा पनि कम्पनीले शाखा विस्तारलाई निरन्तरता दिने समेत कम्पनीको भनाई छ ।

Prabhu
Crest

शाखा उद्घाटन कार्यक्रममा कम्पनीका डेपुटी जनरल म्यानेजर अशोक कुमार कुँवर र क्षेत्रिय प्रमुख अजय सिंहको उपस्थिती रहेको थियो ।

शाखा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत यादवले लघु जीवन व्यवसायमा निम्न आय स्तर भएका ,सिमान्तीकृत बर्ग र पिछडिएको क्षेत्र समेतलाइ लघु बीमा सेवा मार्फत सुरक्षाको प्रत्याभुति प्रदान गर्ने लक्ष्य अनुरुप कम्पनीले सेवा प्रदान गर्दै आइरहेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS