IME Life
Beema Board

सिद्धार्थ बैंकको २.४० लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंकको २ लाख ४० हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक शेयरधनीहरुको नाममा रहेको २ लाख ४० हजार ६२५ कित्ता शेयर बिक्रीमा राखिएको छ। जसमा संस्थापक शेयरधनी निखिल गोयलको १ लाख ९७ हजार ४३९ कित्ता र पवित्रलाल चुकेको ४३ हजार १८६ कित्ता रहेको छ।

Prabhu
Crest

बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि बैंकले ३५ दिनको अवधि दिएको छ।

तोकिएको मितिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनीको सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS