IME Life

सन नेपाल लाइफको नाफा पौने ३३ करोड माथि, कुल बीमाशुल्क आर्जन १.७७ अर्ब बढी

SPIL
NIC ASIA

काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीको खुद नाफा ३२ करोड ८४ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिसम्मको तुलनामा ७.२२ प्रतिशतले कम हो । अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ३५ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ७७ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९.४३ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९६ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५८ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ०.१३ प्रतिशतले घटेको छ।

Prabhu
Crest

चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म शेयर प्रिमियममा १ अर्ब २६ करोड ७६ लाख रुपैयाँ सञ्चित गरेको छ। यस अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा १२ करोड ३५ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष महाविपत्ति कोषमा ९ करोड ६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ७९ करोड १५ लाख रुपैयाँ थियो। यो हिसाबले महाविपत्ति कोषको आकार ३६.२१ प्रतिशत र रिटेन्ड अर्निङ ३५.८१ प्रतिशतले बढेको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) २०.५२ रुपैयाँ, पीई रेसियो २८.०९ गुणा र प्रतिशेयर नेटवर्थ १८७.०४ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS