IME Life

लघुबीमा: लाइफमा क्रेस्ट, नन लाइफमा नेपाल माइक्रो अगाडी (बजार हिस्सा सहित)

SPIL
NIC ASIA

काठमाडौं । ६ लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ७ करोड माथि  बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार संचालित तीन जीवन लघुबीमा कम्पनीहरुले २ करोड ५२ लाख र तीन निर्जीवन लघुबीमा कम्पनीहरुले ४ करोड ५० लाख बीमा शुल्क संकलन गरेका छन् ।

Prabhu
Crest

जीवन लघुबीमा कम्पनी  : 

तीन जीवन लघुबीमा कम्पनीमध्ये क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वाधिक १ करोड ५७ लाख  बीमा शुल्क संकलन गरेको छ । कम्पनीको बजार हिस्सा ६२ दशमलव ५२ प्रतिशत रहेको छ । त्यस्तै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ६६ लाख ३५ हजार बीमा शुल्क संकलन गरेको छ । कम्पनीको बजार हिस्सा २६ दशमलव २८ प्रतिशत रहेको छ ।

तेश्रोमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले पुष मसान्तसम्म २८ लाख २६ हजार बीमा शुल्क संकलन गर्दा बजार हिस्सा ११ दशमलव १९ प्रतिशत रहेको छ ।

निर्जीवन लघुबीमा कम्पनी :

तीन निर्जीवन लघुबीमा कम्पनीमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले सर्वाधिक २ करोड ३७ लाख  बीमा शुल्क संकलन गरेको छ । कम्पनीको बजार हिस्सा ५२ दशमलव ७१ प्रतिशत रहेको छ । त्यस्तै प्रोटेक्टिभ इन्स्योरेन्सले १ करोड ६५ लाख  बीमा शुल्क संकलन गरेको छ । कम्पनीको बजार हिस्सा ३६ दशमलव ६६ प्रतिशत रहेको छ ।

तेश्रोमा स्टार माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीले पुष मसान्तसम्म ४७ लाख ८८ हजार बीमा शुल्क संकलन गर्दा बजार हिस्सा १० दशमलव ६२ प्रतिशत रहेको छ ।

ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले भने अझै व्यवसायिक कारोबार गरेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

0%

दु :खी

0%

अचम्मित

80%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS