IME Life
Beema Board

टेस्लाको शेयरभाउमा भारी गिरावट, एलन मस्कले एकैदिन गुमाए १८ अर्ब डलर

SPIL
NIC ASIA

काठमाडौं । एलन मस्कको इलेक्ट्रिक गाडी निर्माता कम्पनी टेस्लाको शेयरभाउ एकैदिन १२ प्रतिशत बढीले घटेको छ। योसँगै मस्कको सम्पत्तिमा भारी गिरावट आएको छ।

टेस्लाको शेयरभाउ घट्नुको मुख्य कारण एलन मस्कको पछिल्लो अभिव्यक्ति रहेको छ। उनले विद्युतीय सवारीको मूल्यमा कटौती गरे पनि बिक्रीमा कमी बताएका थिए।

Prabhu
Crest

टेस्लाको शेयरमा पछिल्लो १ वर्षमा यो सबैभन्दा ठूलो इन्ट्राडे गिरावट हो। जसका कारण बिहीबार टेस्लाको बजार पुँजीकरण ८० अर्ब डलरले घटेको छ। मस्कको सम्पत्तिमा भने १८ अर्ब डलरको गिरावट आएको छ।

मस्कले टेस्लाले सन् २०२५ को दोस्रो त्रैमाससम्ममा टेक्सासको कारखानामा सस्तो अर्को पुस्ताका विद्युतीय सवारीसाधन निर्माणमा ध्यान दिने बताएका थिए। ‘यस कारणले पनि ग्रोथ कम हुनेछ’, उनले भनेका थिए, ‘अत्याधुनिक प्रविधि समावेश भएकाले नयाँ मोडलको उत्पादन बढाउन चुनौतीपूर्ण हुनेछ।’

फोर्ब्स रियल टाइम बिलियनियर्सका अनुसार बिहीबार २०४.२ अर्ब डलरको सम्पत्ति भएको एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति छन्। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS