IME Life

पुससम्म लघु जीवन बीमा कम्पनीले संकलन गरे साढे २ करोड माथि बीमाशुल्क, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना पुससम्म ३ वटा लघु जीवन बीमा कम्पनीहरुले साढे २ करोड रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गार्डियन माइक्रा लाइफ, क्रेष्ट माइक्रा लाइफ र लिबर्टी माइक्रा लाइफले यो ६ महिनाको अवधिमा २ करोड ५२ लाख ४४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Prabhu
Crest

पुससम्म सर्वाधिक व्यापार गर्नेमा क्रेष्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले १ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी यो अवधिसम्म गार्डियनले ६६ लाख ३५ हजार रुपैयाँ र लिबर्टीले २८ लाख २६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

पुससम्म कुल सक्रिय रहेको बीमालेख संख्या क्रेष्टको ८ हजार ५३२, गार्डियनको ४ हजार ६५८ र लिबर्टीको ८५१ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS