IME Life
Beema Board

प्राइम कमर्सियल बैंकको नाफा ३२ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३२.१३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ दशमलव ५४ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले ३ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Prabhu
Crest

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १३.११ प्रतिशत र सञ्चालन मुनाफा ३२ प्रतिशत बढेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ४१ लाख रुपैयाँ रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ४ रुपैयाँ १० पैसा रहेको छ।

१९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले २ खर्ब ६ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७० अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ५ रुपैयाँ ४७ पैसा बढेर २२ रुपैयाँ ५० पैसा पुगेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ९.०२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ २२ पैसा रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS