IME Life

कुमारी बैंकले डाक्यो वार्षिक साधारणसभा, के–के छन् अजेन्डा ?

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंकले २३ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बैठक वार्षिक साधारणसभा माघ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनका साथै वार्षिक आर्थिक वित्तीय विवरण स्वीकृत गर्नेछ। सभाले बैंकको सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण छलफल गरी अनुमोदन गर्नेछ।

Prabhu
Crest

बैंक सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन सभाले गर्नेछ।

वार्षिक साधारणसभामा बैंकले लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव पेस गर्ने छैन।

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले माघ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको माघ ९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो बैंकको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS